नेभिगेशन
समाज

यी हुन् आज बाढी-पहिरोले अवरुद्ध सडकहरु

देशभरका ४ प्रमुख राजमार्ग क्षेत्र पूर्ण अवरुद्ध, २ वटा एकतर्फी सुचारु

काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्गहरू प्रभावित भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल प्रहरीको केन्द्रीय प्रहरी समाचार कक्षले आज विहान जारी गरेको पछिल्लो विवरणअनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका चारवटा मुख्य राजमार्ग खण्डहरू पूर्ण रूपमा ठप्प भएका छन् भने केही सडकमा एकतर्फी तथा समयसीमा तोकेर मात्र सवारी सञ्चालन गर्न दिइएको छ।

Ncell
Extreme Energy

प्रहरीकाअनुसार चार प्रमुख सडक खण्ड पूर्ण अवरुद्ध छन् । बाढीका कारण रसुवाका सबै मुख्य राजमार्गहरू अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रूपमा बन्द छन्।

 विदुर नगरपालिका-१० सिमटारमा आएको बाढीका कारण नुवाकोट (पासाङ ल्हामु सडक खण्ड)  पूर्ण रूपमा अवरुद्ध भएको छ ।

नासो गाउँपालिका-३ खोत्रोमा खसेको पहिरोका कारण मनाङ (चामे-बेशिसहर सडक खण्ड)मा सवारी सञ्चालन हुनसकेको छैन ।

सर्केगाड गाउँपालिका-६ खरीखेतमा पहिरो जाँदा हुम्ला (कर्णाली करिडोर) सडक पूर्ण रूपमा बन्द छ।

दुई ठाउँमा एकतर्फी यातायात सञ्चाल भइरहेको छ । त्रियुगा नगरपालिका-०७ झोलुङ्गेपुलमा खसेको पहिरो हटाएपछि उदयपुर (मदन भण्डारी लोकमार्ग) बाटो एकतर्फी सुचारु गराइएको छ।

बेनीघाट रोराङ गाउँपालिका वडा नं. १० जोवाङखोला र शितलबजार क्षेत्रमा पहिरो पन्छाएर धादिङ (पृथ्वी लोकमार्ग) एकतर्फी रूपमा गाडी चलाउन दिइएको छ ।

काभ्रे र नुवाकोटमा सवारी सञ्चालनमा समयसीमा

जोखिम बढेसँगै केही सडक खण्डमा समय तोकेर मात्र गाडी चलाउन अनुमति दिइएको छ । बि.पि. राजमार्ग (काभ्रे)को खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्डमा १० टनसम्मका मालवाहक सवारी साधन साँझ ७:०० बजेदेखि बिहान ५:०० बजेसम्म मात्र सञ्चालन हुनेछन् । अन्य साना तथा यात्रुवाहक सवारी साधन बिहान ४:०० बजेदेखि साँझ ६:०० बजेसम्म परिस्थिति हेरेर मात्र सञ्चालन गर्न दिइनेछ ।

टोखा-छहरे सडक खण्ड (नुवाकोट)को शिवपुरी गाउँपालिका-८ घट्टेखोला क्षेत्रमा बाढी तथा पहिरोको जोखिम उच्च रहेकाले राति १०:०० बजेदेखि बिहान ५:०० बजेसम्म यात्रामा पूर्ण रोक लगाइएको छ।

प्रहरीले लगातारको वर्षाका कारण पहिरोको जोखिम यथावत् रहेकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न र यात्रामा निस्कनुअघि नजिकैको प्रहरी कार्यालय वा राजमार्ग सुरक्षा टोलीसँग सडकको अवस्थाबारे जानकारी लिन सर्वसाधारणमा अपिल गरेको छ । अवरुद्ध सडकहरू खोल्नका लागि प्राविधिक टोली र मेसिनरी उपकरणहरू परिचालन गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीः ६७७ यातायात मजदुर सम्पर्कविहीन

भोटेकोशी बाढीः ६७७ यातायात मजदुर सम्पर्कविहीन

नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन भएका जनाएको छ ।
नेपाल प्रहरीमा ३३४ पदका लागि जागिर खुल्यो

नेपाल प्रहरीमा ३३४ पदका लागि जागिर खुल्यो

नेपाल प्रहरीमा ३३४ पदका लागि जागिर खुलेको छ ।
मुग्लिन नारायणगढ सडकमा पहिरो खस्यो, एकतर्फी अवरुद्ध

मुग्लिन नारायणगढ सडकमा पहिरो खस्यो, एकतर्फी अवरुद्ध

मुग्लिन नारायणगढ सडक खण्ड एकतर्फी अवरुद्ध बनेको छ ।
संविधान प्राप्तिको ११ वर्षः राज्यका तहमा सीमान्तकृत समुदायको पहुँच बढ्यो

संविधान प्राप्तिको ११ वर्षः राज्यका तहमा सीमान्तकृत समुदायको पहुँच बढ्यो

झापाको भद्रपुर नगरपालिका–७ का ७३ वर्षीय राजवंशी समुदायका अगुवा फूलसिंह राजवंशीलाई संविधान जारी भएपछि आफ्नो समुदायमा केही सकारात्मक परिवर्तन भएको महसुस हुन्छ । राज्यका विभिन्न तहमा आफ्नै समुदायका...