नेभिगेशन
समाज

नेपाल प्रहरीमा ३३४ पदका लागि जागिर खुल्यो

असई र कार्यालय सहयोगीमा आवेदन आह्वान

काठमाडौँ । नेपाल प्रहरीमा ३३४ पदका लागि जागिर खुलेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधान कार्यालय नक्सालले शुक्रबार जनपद प्रहरीतर्फ प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी कार्यालय सहयोगी पदहरूमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि कुल ३३४ जनाको नयाँ भर्ना आह्वान गरेको हो ।

Ncell
Extreme Energy

जसमा प्रहरी सहायक निरीक्षकतर्फ  २११ जना माग गरिएको छ । खुला ११४, महिला १९, आदिवासी जनजाति २९, मधेशी २६, दलित १४, पिछडिएको क्षेत्र ४, अमर/अशक्त प्रहरी परिवारबाट ५ जनका लागि आवेदन माग गरिएको छ । 

यसैगरी प्रहरी कार्यालय सहयोगी (भान्छे)का लागि ८३ जना माग गरिएको छ । खुलातर्फ ४५ र समावेशी तथा अमर/अशक्त ३८ जना मागिएको छ । 

प्रहरी कार्यालय सहयोगी (कुचीकार) २५ जना मागिएको छ । खुला १३, समावेशी १२ जना मागिएको छ । 

प्रहरी कार्यालय सहयोगी (हजाम): १५ जना मागिएको छ । खुला ८ र समावेशी जना मागिएको छ । 

प्रहरी सहायक निरीक्षकका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्र तह (१०+२) वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ । उमेर १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्नेछ । बहालवाला प्रहरीको हकमा ३५ वर्ष ननाघेको हुनुपर्नेछ । 

प्रहरी कार्यालय सहयोगीका लागि साधारण लेखपढ गर्न जानेको हुनुपर्नेछ । १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्नेछ । 

कसरी दिने आवेदन ?
प्रहरी सहायक निरीक्षकका लागि नेपाल प्रहरीको अनलाइन दर्ता प्रणाली (ORMS) को वेबसाइट careers.nepalpolice.gov.np मार्फत अनलाइन दरखास्त दिनुपर्नेछ । परीक्षा दस्तुर रु. ५०० (प्रत्येक थप समावेशी समूहका लागि २०% अर्थात् रु. १०० थप) लाग्नेछ।

प्रहरी कार्यालय सहयोगी: तोकिएका प्रदेश प्रहरी तालिम केन्द्र, काठमाडौँ उपत्यका प्रहरी शिक्षालय वा सम्बन्धित जिल्ला प्रहरी परिसर/कार्यालयहरूमा स्वयं उपस्थित भई फाराम बुझाउनुपर्नेछ। दस्तुर रु. २०० (प्रत्येक थप समावेशी समूहका लागि रु. ४० थप) रहनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी भेलबाढीबारे २० अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले पत्ता लगाएका दुई कारण

भोटेकोशी भेलबाढीबारे २० अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले पत्ता लगाएका दुई कारण

भोटेकोशी भेलबाढीको स्रोत बुझ्न नेपालका विज्ञ मात्रै होइन विश्वभरका वैज्ञानिक जुटेका छन्। २० भन्दा बढी अन्तर्राष्ट्रिय विज्ञ सम्मिलित टोलीले गरेको अध्ययनले नयाँ केही तथ्य सार्वजनिक गरेका छन्।
भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री वाग्ले महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाटमा सहभागी हुँदै

भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री वाग्ले महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाटमा सहभागी हुँदै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन आज महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाट गर्दै छन् ।
बाढी प्रभावित धादिङ र नुवाकोटको सम्पूर्ण क्षेत्रमा विद्युत सेवा सुचारू, रसुवाको ९० प्रतिशत ठाउँमा बिजुली बल्यो

बाढी प्रभावित धादिङ र नुवाकोटको सम्पूर्ण क्षेत्रमा विद्युत सेवा सुचारू, रसुवाको ९० प्रतिशत ठाउँमा बिजुली बल्यो

सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युतीकरणको कामलाई द्रुत गतिमा अगाडि बढाएको छ ।
भोटेकोशी बाढीको नामाकरण गर्दै सरकार

भोटेकोशी बाढीको नामाकरण गर्दै सरकार

सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामाकरणका लागि अध्ययन अगाडि बढाएको छ ।