नेभिगेशन
समाज

भोटेकोशी बाढीः ६७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन भएका जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महासङ्घले यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा बिहीबार भएको बैठकमा उक्त जानकारी दिँदै ५१५ वटा ट्रक तथा कन्टेनर हराएका बताएको हो ।  

Ncell
Extreme Energy

पूर्वाधार विकास मन्त्रालयले यातायात व्यवस्था विभागका महानिर्देशक पोखरेलको संयोजकत्वमा बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन, क्षतिपूर्तिको आधारका विषयमा रायसहितको प्रतिवेदन तयार गर्न समिति गठन गरेको छ । समितिलाई १५ दिनभित्र रायसुझावसहितको प्रतिवेदन पेस गर्न जिम्मेवारी दिइएको छ । 

महासङ्घले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्दै सम्पर्कविहीन मजदुर र हराएका ट्रक तथा कन्टेनरको सङ्ख्या अझै बढ्नसक्ने जनाएको छ । 

समितिमा पूर्वाधार विकास मन्त्रालयका प्रतिनिधि, पूर्वाधार विकास मन्त्रीको सचिवालयका प्रतिनिधि यातायात व्यवसायीका प्रतिनिधि, यातायात मजदुर सङ्घ सङ्गठनका प्रतिनिधिसहित नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्रविक्रम बानियाँ र महासङ्घका महासचिव बद्रीप्रसाद चौलागाईंलगायत सदस्य छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मुग्लिन नारायणगढ सडकको पहिरो हटाइयो, दुईतर्फी सञ्चालनमा

मुग्लिन नारायणगढ सडकको पहिरो हटाइयो, दुईतर्फी सञ्चालनमा

मुग्लिन नारायणगढ सडक खण्डमा आज विहान खसेको पहिरो हटाइएको छ ।
गुड्न तयार भयो नेपालमै बनेको विद्युतीय स्कुटर 'यात्री पी२', सुरुवाती मूल्य तीन लाख २९ हजार ९००

गुड्न तयार भयो नेपालमै बनेको विद्युतीय स्कुटर 'यात्री पी२', सुरुवाती मूल्य तीन लाख २९ हजार ९००

नेपालमै डिजाइन र उत्पादन गरिएको बहुप्रतीक्षित विद्युतीय स्कुटर 'यात्री पी२' औपचारिक रूपमा नेपाली बजारमा सार्वजनिक भएको छ ।
भोटेकोशी भेलबाढीबारे २० अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले पत्ता लगाएका दुई कारण

भोटेकोशी भेलबाढीबारे २० अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले पत्ता लगाएका दुई कारण

भोटेकोशी भेलबाढीको स्रोत बुझ्न नेपालका विज्ञ मात्रै होइन विश्वभरका वैज्ञानिक जुटेका छन्। २० भन्दा बढी अन्तर्राष्ट्रिय विज्ञ सम्मिलित टोलीले गरेको अध्ययनले नयाँ केही तथ्य सार्वजनिक गरेका छन्।
भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री वाग्ले महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाटमा सहभागी हुँदै

भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री वाग्ले महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाटमा सहभागी हुँदै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन आज महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाट गर्दै छन् ।

भर्खरै