नेभिगेशन
मुख्य समाचार

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४१० पुग्यो, ६ हजार १४५ अझै बेपत्ता

काठमाडौं । भोटेकोशीको विनाशकारी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४१० पुगेको छ। अझै ६ हजार १४५ जना बेपत्ता रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मृतकमध्ये ३३६ जना महिला, ५४९ जना पुरुष र ५२५ वटा मानव अवशेष रहेका छन्। बाढी तथा पहिरो प्रभावित क्षेत्रमा हालसम्म १३ हजार ७५६ जनाको उद्धार गरिएको छ।

Marvel
Extreme Energy

उद्धार गरिएकामध्ये ३४४ जना उपचाररत छन् भने २९० जना उपचारपछि डिस्चार्ज भएका छन्। विभिन्न सुरक्षा निकायमार्फत ९ हजार ८२० जनालाई उपचार सेवा प्रदान गरिएको प्राधिकरणले बताएको छ।

मृतकको पहिचानका लागि हालसम्म १ हजार २८६ जना मृतक र उनीहरूका आफन्तका १ हजार ९४४ वटा डिएनए नमुना संकलन गरिएको छ।

२७ वटा होल्डिङ सेन्टर

बाढी प्रभावितबाट उद्धार गरिएकाहरूको व्यवस्थापनका लागि २७ वटा होल्डिङ सेन्टर स्थापना गरिएको छ। तीमध्ये नुवाकोटमा ८३२, रसुवामा ८१७ र धादिङमा ९४ जना रहेका छन्।

उद्धार तथा राहतका लागि नेपाल प्रहरी र नेपाली सेनाका हेलिकप्टरबाट १ हजार ६३४ तथा सशस्त्र प्रहरी बलबाट ३२० उडान भएका छन्।

नुवाकोटको देवीघाटमा एक्रो पुल जडान गरी सञ्चालनमा ल्याइएको छ। सडक तथा हवाई मार्गबाट प्रभावित क्षेत्रमा खाद्यान्न तथा गैरखाद्य राहत सामग्री वितरणलाई निरन्तरता दिइएको छ।

प्रभावित क्षेत्रमा इन्धन र ग्यास पठाइँदै

राहत तथा पुनःस्थापनाका लागि प्रभावित क्षेत्रमा डिजेल ६० हजार लिटर, पेट्रोल १२ हजार लिटर र हवाई इन्धन ४ हजार लिटर उपलब्ध रहेको रिपोर्टमा उल्लेख छ। प्रभावित क्षेत्रमा ५०२ वटा ग्यास सिलिन्डर पठाइएको छ।

होल्डिङ सेन्टरमा नबस्ने परिवारलाई मासिक भत्ता

होल्डिङ सेन्टरमा बस्न नचाहने परिवारलाई सरकारले अधिकतम ६ महिनासम्म आवास तथा जीविकोपार्जनका लागि मासिक नगद सहयोग दिने भएको छ।

परिवारलाई प्रतिमहिना १५ हजार रुपैयाँ दिइनेछ। चार जनाभन्दा बढी सदस्य भएको परिवारमा थप प्रत्येक सदस्यका लागि मासिक २ हजार रुपैयाँ उपलब्ध गराइनेछ।

डिएनए परीक्षणका लागि प्रहरी कार्यालयमा नमुना दिन सकिने

बेपत्ता तथा मृतकको पहिचानका लागि डिएनए परीक्षण गर्न सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा नमुना बुझाउन सकिने व्यवस्था गरिएको छ।

यसका लागि दुईवटा फोटो र नाता प्रमाणित गर्ने कागजातसहित नमुना बुझाउन सकिने रिपोर्टमा उल्लेख छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

सरकारको यो निर्णयमाथि पनि कानुनी परीक्षण हुने देखिन्छ । सरकारले आईजीपी नियुक्त गर्न पाउने अधिकार राखे पनि पदावधि बाँकी रहँदै बहालवाला आईजीपीलाई हटाउन पाउने अधिकार कति छ भन्ने...
प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

विदेश सचिव मिश्री चार एजेण्डा बोकेर काठमाडौं आएका हुन् । एजेण्डा चार वटा भएपछि भ्रमणको प्रमुख एजेण्डा भने प्रधानमन्त्री बालेनको भारत भ्रमणको विषय नै हो । मिश्री नेपाल...
निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

बुधबार मन्त्रालय आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्ति पत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिए ।
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई  अध्यक्षमा नियुक्त गरेको हो ।