नेभिगेशन
समाज

जनमत पार्टीको दोस्रो महाधिवेशन: अध्यक्षमा सीके राउतसहित १०३ जना उम्मेदवार

वीरगञ्ज । जनमत पार्टीले दोस्रो महाधिवेशनका लागि अध्यक्षमा डा. सीके राउतसहित १०३ जना उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीको केन्द्रीय निर्वाचन समितिले शुक्रबार उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशित गरेको हो। निर्वाचन समितिका अनुसार नामावली उम्मेदवारी दर्ता भएको समय र आधिकारिक इमेलमा प्राप्त फारमको क्रमअनुसार प्रकाशित गरिएको हो।

Ncell
Extreme Energy

अध्यक्ष पदमा राउतको मात्रै उम्मेदवारी परेको छ। उपाध्यक्षका लागि भने १४ जना, महासचिवमा तीन जना र राष्ट्रिय उपमहासचिवमा दुई जनाको उम्मेदवारी परेको छ।

त्यस्तै, सात जना राष्ट्रिय सचिवका लागि १० जनाले उम्मेदवारी दिएका छन्। केन्द्रीय कार्यकारिणी सदस्य पदका लागि ७३ जनाको नाम प्रारम्भिक सूचीमा समावेश गरिएको छ।

उपाध्यक्षमा वसन्तकुमार कुशवाहा, अनिता साह, अनिता मण्डल, डा. जयकान्त राउत, नरेन्द्रप्रसाद चौधरी, माधवप्रसाद सिंह, राजकुमार यादव (त्यागी), डा. कमरुल्लाह अंसारी, संजयकुमार मिश्र, मदनेशकुमार चौधरी, परमेश्वर मुर्मु, रोशन खातुन, हरपाल सिंह सोडी र मनोहरी देवी बैठाको उम्मेदवारी परेको छ।

महासचिवमा ममता झा, चन्दनकुमार सिंह र संजयकुमार यादव तथा राष्ट्रिय उपमहासचिवमा निर्मल कुमार मण्डल र ललितचन्द्र मल्लिक उम्मेदवार छन्।

राष्ट्रिय सचिवका लागि सन्तोषकुमार सहनी, सुरेन्द्र शर्मा मधेशी, हरेन्द्र चौधरी, अंजनीदेवी, रोहित महतो, पारसप्रसाद साह, राधाकुमारी यादव, बालगोविन्द चौधरी, बीरेन्द्र महतो (जीवन त्यागी) र रामबाबु साहको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।

अब असोज ३ गते शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारमाथि दाबीविरोध गर्ने समय तोकिएको छ। असोज ४ गते आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ।

असोज ५ गते सोमबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। असोज ९ गते शुक्रबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने र असोज १० गते शनिबार दोस्रो महाधिवेशन तथा मतदान हुने निर्वाचन समितिले जनाएको छ।

जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा हुँदैछ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजेशकुमार मण्डलले प्रारम्भिक उम्मेदवार नामावली सार्वजनिक गरेका हुन्।

813624363_1586240182984836_660924211786691095_n-1789712346.jpg

795582969_1590449619543647_2874763449423841751_n-1789712346.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पूर्वाधार विकास मन्त्रालयको सहजीकरणपछि १५ वर्षदेखि रुग्ण कमला पुल निर्माणको अन्तिम चरणमा

पूर्वाधार विकास मन्त्रालयको सहजीकरणपछि १५ वर्षदेखि रुग्ण कमला पुल निर्माणको अन्तिम चरणमा

१५ वर्षदेखि रुग्ण आयोजनाका रूपमा रहेको धनुषा–सिराहा जोड्ने कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिवसहित ९ नेता पार्टीबाट अलग

राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिवसहित ९ नेता पार्टीबाट अलग

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव केशवकुमार झासहित नौ जना पदाधिकारी तथा केन्द्रीय सदस्यले पार्टीबाट राजीनामा दिएका छन्।
प्रधानमन्त्री बालेन शाहले जेनजी सांसदहरूसँग थाले विशेष अन्तरक्रिया

प्रधानमन्त्री बालेन शाहले जेनजी सांसदहरूसँग थाले विशेष अन्तरक्रिया

प्रधानमन्त्री बाालेन शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेनजी सांसदहरूसँग विशेष अन्तरक्रिया सुरु गरेका छन्।
कार्कीको अभिव्यक्तिले आयोगमाथि उठेको प्रश्न थप गम्भीर बनायो : आचार्य

कार्कीको अभिव्यक्तिले आयोगमाथि उठेको प्रश्न थप गम्भीर बनायो : आचार्य

नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जेन–जी आन्दोलनबारे गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको पछिल्लो अभिव्यक्तिले आयोगको निष्पक्षता र अनुसन्धानमाथि उठेको प्रश्न थप गम्भीर बनाएको...