नेभिगेशन
नेताका कुरा

कांग्रेसले भोलिदेखि नेता छान्ने, कुन पदमा उम्मेदवार बन्न कति पैसा ?

काठमाडौँ । नेपाली कांग्रेसको १५ औं महाधिवेशन प्रक्रिया भोलि (शनिबार) सुरु हुँदैछ । महाधिवेशन तालिकाअनुसार, भोलि र पर्सि (असोज ३ र ४ गते) देशभरका वडामा अधिवेशन अधिवेशन हुने छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वडा अधिवेशनबाट वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधि चयन हुने छन् । क्षेत्रीय प्रतिनिधिहरूले महाधिवेशन प्रतिनिधि छान्ने छन् । महाधिवेशन प्रतिनिधिहरूले केन्द्रीय सभापति, पदाधिकारी र सदस्यहरू निर्वाचित गर्नेछन् ।

Marvel
Extreme Energy

महाधिवेशन प्रक्रियाअन्तर्गत वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला समिति, प्रदेश समिति र केन्द्रीय समिति चयन गरिने छ । वडादेखि केन्द्रसम्मै नयाँ नेतृत्व छानिने छन् ।

केन्द्रीय निर्वाचन समितिले सबै तहमा छानिने नेतृत्वका लागि उम्मेदवारी शुल्क तोकेको छ । न्यूनतम् ५ सयदेखि अधिकतम् ४० हजार रुपैयाँसम्म उम्मेदवारी शुल्क तोकिएको छ । केन्द्रीय निर्वाचन समितिले जारी गरेको निर्वाचन निर्देशिकामा कुन तहको नेतृत्वको उम्मेदवार बन्दा कति शुल्क लाग्छ भनेर उल्लेख गरेको छ ।

पार्टीको केन्द्रीय सभापतिको उम्मेदवार बन्न ४० हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । सभापतिको उम्मेदवार बन्न महाधिवेशन प्रतिनिधिबाट १० जना प्रस्तावक र १० जना समर्थक चाहिन्छ । केन्द्रीय उपसभापति र महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ ।

प्रदेश सभापतिका लागि २० हजार, उपसभापति र महामन्त्रीका लागि १५ हजार, सहमहामन्त्रीका लागि १० हजार र प्रदेश सदस्यका लागि पाँच हजार उम्मेदवारी शुल्क तोकिएको छ ।

त्यसैगरी जिल्ला सभापतिको उम्मेदवार बन्न १५ हजार, उपसभापति र सचिवलाई ७ हजार, सहसचिवलाई ६ हजार र सदस्य बन्न ३ हजार उम्मेदवारी शुल्क तय गरिएको छ ।

त्यस्तै, प्रतिनिधिसभा क्षेत्रीय समितिको सभापतिलाई १० हजार, उपसभापति र सचिवलाई ५ हजार, सहसचिवलाई ४ हजार र सदस्यलाई २ हजार उम्मेदवारी शुल्क तोकिएको छ भने केन्द्रीय महाधिवेशन प्रतिनिधिलाई ७ हजार र महासमिति सदस्यलाई ५ हजार शुल्क तोकिएको छ ।

प्रदेशसभा क्षेत्रीय सभापति बन्न ७ हजार, उपसभापति र सचिव बन्न ४ हजार, सहसचिव बन्न ३ हजार सदस्य बन्न २ हजार उम्मेदवारी शुल्क बुझाउनुपर्छ भने प्रदेश अधिवेशन प्रतिनिधिका उम्मेदवारले ५ हजार शुल्क बुझाउनुपर्छ ।

महानगर र उपमहानगर सभापतिलाई ७ हजार, उपसभापति र सचिवलाई ४ हजार, सहसचिवलाई ३ हजार र सदस्यलाई २ हजार शुल्क तोकिएको छ भने नगरपालिका कार्य समिति सभापतिलाई ५ हजार, उपसभापति र सचिवलाई ३ हजार, सहसचिवलाई २ हजार र सदस्यलाई १ हजार शुल्क तोकिएको छ ।

त्यसैगरी गाउँपालिका कार्यसमिति सभापतिमा ५ हजार, उपसभापति र सचिवमा २ हजार, सहसचिवमा १५ सय र सदस्यलाई १ हजार उम्मेदवारी शुल्क तोकिएको छ ।

पार्टीको सबैभन्दा तल्लो निकाय वडा कार्यसमितिको सभापतिलाई १ हजार, उपसभापति, सचिव र सहसचिवलाई ७ सय, सदस्यलाई ५ सय तथा क्षेत्रीय प्रतिनिधिको उम्मेदवार बन्न ५ सय शुल्क तोकिएको छ ।

उम्मेदवारी शुल्क उम्मेदवारी दर्ता गराउने ठाउँमा नगदै वा बैंकमा र क्युआरमार्फत पनि बुझाउन सकिने निर्वाचन समितिले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

सरकारको यो निर्णयमाथि पनि कानुनी परीक्षण हुने देखिन्छ । सरकारले आईजीपी नियुक्त गर्न पाउने अधिकार राखे पनि पदावधि बाँकी रहँदै बहालवाला आईजीपीलाई हटाउन पाउने अधिकार कति छ भन्ने...
प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

विदेश सचिव मिश्री चार एजेण्डा बोकेर काठमाडौं आएका हुन् । एजेण्डा चार वटा भएपछि भ्रमणको प्रमुख एजेण्डा भने प्रधानमन्त्री बालेनको भारत भ्रमणको विषय नै हो । मिश्री नेपाल...
निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

बुधबार मन्त्रालय आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्ति पत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिए ।
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई  अध्यक्षमा नियुक्त गरेको हो ।