नेभिगेशन
समाज

संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुन ओलीको आग्रह

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा उभिएर संविधानको रक्षा र राष्ट्रिय एकता सुदृढ गर्नुपर्ने बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संविधान दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै ओलीले मुलुकलाई जोगाउन संविधानका पक्षधर शक्तिहरू एकताबद्ध हुनुपर्ने बताएका हुन्।

Ncell
Extreme Energy

लोकतान्त्रिक, वामपन्थी, देशभक्तिपूर्ण तथा विभिन्न वर्ग, क्षेत्र र समुदायका आन्दोलनका क्रममा शहादत प्राप्त गर्नेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले संविधान जारी भएलगत्तै मुलुकले भोगेको नाकाबन्दीजस्तो कठिन परिस्थितिले संविधानको रक्षा र राष्ट्रिय एकताका लागि प्रेरित गरेको स्मरण गरेका छन्।

संविधान निर्माणका क्रममा कठिन परिस्थिति सामना गर्नुपरेको उल्लेख गर्दै ओलीले आफ्नो पार्टी नेतृत्वको सरकारले संविधान कार्यान्वयनका लागि छोटो समयमै आवश्यक कानुन निर्माण तथा संरचनात्मक विकासको काम अघि बढाएको दाबी गरेका छन्।

उनले संविधानले परिलक्षित गरेको लोकतान्त्रिक मूल्यमान्यता, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्न अघि बढ्नुपर्ने बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारतीय उद्योगपतिलाई नेपालमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आह्वान

भारतीय उद्योगपतिलाई नेपालमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आह्वान

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शनिबार भारतीय उद्योगपतिहरूसँग छलफल गर्दै नेपालमा लगानीका लागि आह्वान गर्ने भएका छन्।
सरकारबाटै संविधानमाथि चौतर्फी आक्रमण भयो : आङ्देम्बे

सरकारबाटै संविधानमाथि चौतर्फी आक्रमण भयो : आङ्देम्बे

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संविधान कार्यान्वयनको जिम्मेवारी पाएको सरकारबाटै संविधानमाथि चौतर्फी आक्रमण भइरहेको आरोप लगाएका छन्।
भोटेकोशी बाढी प्रभावित बालबालिकाका लागि एमआईटी ग्रुप फाउन्डेसनले ५७ करोड ८५ लाख सहयोग गर्ने

भोटेकोशी बाढी प्रभावित बालबालिकाका लागि एमआईटी ग्रुप फाउन्डेसनले ५७ करोड ८५ लाख सहयोग गर्ने

भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको शिक्षा र आधारभूत आवश्यकताका लागि एमआईटी ग्रुप फाउन्डेसनले ५७ करोड ८५ लाख रुपैयाँसम्मको दीर्घकालीन सहयोग गर्ने भएको छ।
नाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए पुर्जा

नाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए पुर्जा

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ का ३८८ परिवारले नाप नक्सा सम्पन्न भएको सात वर्षपछि जग्गाधनी प्रमाणपुर्जा पाएका छन् ।