नेभिगेशन
समाज

बाढीले भत्काएको बिरेठाँटी सडक मर्मतपछि यातायात सञ्चालनमा

कास्की। कास्कीको अन्नपूर्ण गाउँपालिका–८ बिरेठाँटीमा मोदी खोलाले भत्काएको सडक मर्मतपछि शुक्रबारदेखि यातायात सञ्चालनमा आएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत साउन २८ गतेको बाढीले बिरेठाँटीमा करिब १०० मिटर पक्की सडक बगाएपछि अन्नपूर्ण गाउँपालिका–८, ९, १० र ११ मुख्य राजमार्ग तथा गाउँपालिका केन्द्रसँगको सडक सम्पर्कबाट विच्छेद भएका थिए।

Ncell
Extreme Energy

ती वडालाई जोड्ने मुख्य नाकाका रूपमा रहेको बिरेठाँटीको सडक मर्मतपछि स्थानीयवासी तथा पर्यटकलाई आवतजावतमा सहज भएको छ।

गाउँपालिका, गण्डकी प्रदेश सरकार, नेपाली सेना, जिल्ला प्रशासन कार्यालय कास्की, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) तथा उपल्लो मोदीखोलामा सञ्चालित जलविद्युत् आयोजनाको समन्वय र सहकार्यमा भदौ २ गतेदेखि सडक मर्मत सुरु गरिएको थियो।

गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार मोदीखोलाको बहाव डाइभर्सन गरी ग्याबिन जाली भर्ने र ब्याकफिलिङ गर्ने काम सम्पन्न भएको छ। आवश्यक संरचना निर्माण तथा सडक मर्मतको काम पूरा भएपछि यातायात सञ्चालनमा ल्याइएको हो।

‘नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकको मुख्य नाकाका रूपमा रहेको बिरेठाँटीको अवरोध सबैको साथ र सहयोगबाट हटेको छ। हाल सडक मर्मत गरी यातायात सञ्चालनमा ल्याउन सफल भएका छौँ। यसबाट नागरिकलाई केही सहज भएको छ,’ अध्यक्ष केसीले भने।

बिरेठाँटीमा सडक सञ्चालनमा आए पनि घान्द्रुकसँग भने अझै सिधा सडक सम्पर्क स्थापित भइसकेको छैन। घान्द्रुक बसपार्कसम्म पुग्ने सडकको सिउँरेमा मर्मतको काम भइरहेको र त्यसका लागि केही दिन लाग्ने गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङका अनुसार बिरेठाँटीको सडक खुलेसँगै उल्लेरी हुँदै पर्यटकीय गन्तव्य पुनहिल र घोडेपानी जान सहज भएको छ। बिरेठाँटीदेखि चिमरुङ तमुचोकसम्मको सडक पनि खुलेपछि आवतजावतमा सहज भएको उनले बताए।

‘अब केही दिनमा घान्द्रुकसम्मै सडक खुलाउने प्रयासमा छौँ,’ गुरुङले भने।

सडक पुनर्निर्माणका लागि गण्डकी प्रदेश सरकारले आवश्यक ग्याबिन तारजाली उपलब्ध गराएको थियो। नेपाल विद्युत् प्राधिकरणद्वारा प्रवर्द्धित उपल्लो मोदी हाइड्रोपावर कम्पनी तथा लान्द्रुक मोदी हाइड्रोपावर कम्पनीले एक्साभेटरलगायत निर्माण उपकरण उपलब्ध गराएका थिए।

एक्साभेटर तथा टिपर सञ्चालनका लागि आवश्यक डिजेल र अन्य व्यवस्थापन खर्च गाउँपालिकाले व्यहोरेको प्रवक्ता गुरुङले बताए।

नेपाली सेनाका ४५ जनाले भदौ १० देखि असोज २ गतेसम्म ग्याबिन भर्ने काममा श्रमदान गरेका थिए। सडकको अर्को खण्डमा भने गाउँपालिकाले बोलपत्रमार्फत निर्माण व्यवसायी परिचालन गरी ग्याबिन भर्ने काम गरेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजारका सामान बरामद

भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजारका सामान बरामद

सशस्त्र प्रहरीको टोलीले पर्साका विभिन्न स्थानबाट भन्सार छली ल्याइएका तथा लुकाइराखिएका १७ लाख ५६ हजार ९९० रुपैयाँ बराबरका मोबाइल पार्टस् र कपडा बरामद गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज भारतीय उद्योगपतिहरूसँग छलफल गर्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज भारतीय उद्योगपतिहरूसँग छलफल गर्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शनिबार भारतीय उद्योगपतिहरूसँग छलफल गर्दै नेपालमा लगानीका लागि आह्वान गर्ने भएका छन्।
सरकारबाटै संविधानमाथि चौतर्फी आक्रमण भयो : आङ्देम्बे

सरकारबाटै संविधानमाथि चौतर्फी आक्रमण भयो : आङ्देम्बे

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संविधान कार्यान्वयनको जिम्मेवारी पाएको सरकारबाटै संविधानमाथि चौतर्फी आक्रमण भइरहेको आरोप लगाएका छन्।