नेभिगेशन
समाज

संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु मुख्य दायित्व : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट जारी संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्दै बाँकी कार्यभार पूरा गर्नु आजको मुख्य दायित्व भएको बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संविधान दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले संविधानले परिकल्पना गरेको वास्तविक परिवर्तन पूरा गर्न सबैको एकताबद्ध प्रयास आवश्यक रहेको बताए।

Ncell
Extreme Energy

संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र जनताले प्राप्त गरेका अधिकारलाई पछाडि फर्काउने प्रयत्न स्वीकार्य नभएको उल्लेख गर्दै उनले संविधानका मूल्य र जनअधिकारलाई कमजोर पार्ने गतिविधिविरुद्ध लोकतान्त्रिक शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिए।

प्रचण्डले राजनीतिक परिवर्तनलाई आर्थिक–सामाजिक रूपान्तरणसँग जोड्दै शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादन र समान अवसरमा सबै नागरिकको पहुँच सुनिश्चित गर्नुपर्ने बताएका छन्।

‘संविधानका अक्षर मात्र होइन, यसको आत्मालाई जनताको दैनिक जीवनमा अनुभूत हुने गरी कार्यान्वयन गर्नुपर्छ’ उनको सन्देशमा भनिएको छ।

उनले संविधान केवल कानुनी दस्तावेज नभई नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त ऐतिहासिक राजनीतिक उपलब्धिको संस्थागत अभिव्यक्ति भएको बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजारका सामान बरामद

भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजारका सामान बरामद

सशस्त्र प्रहरीको टोलीले पर्साका विभिन्न स्थानबाट भन्सार छली ल्याइएका तथा लुकाइराखिएका १७ लाख ५६ हजार ९९० रुपैयाँ बराबरका मोबाइल पार्टस् र कपडा बरामद गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज भारतीय उद्योगपतिहरूसँग छलफल गर्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज भारतीय उद्योगपतिहरूसँग छलफल गर्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शनिबार भारतीय उद्योगपतिहरूसँग छलफल गर्दै नेपालमा लगानीका लागि आह्वान गर्ने भएका छन्।
सरकारबाटै संविधानमाथि चौतर्फी आक्रमण भयो : आङ्देम्बे

सरकारबाटै संविधानमाथि चौतर्फी आक्रमण भयो : आङ्देम्बे

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संविधान कार्यान्वयनको जिम्मेवारी पाएको सरकारबाटै संविधानमाथि चौतर्फी आक्रमण भइरहेको आरोप लगाएका छन्।