नेभिगेशन
समाज

भोटेकोशी बाढी प्रभावित बालबालिकाका लागि एमआईटी ग्रुप फाउन्डेसनले ५७ करोड ८५ लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको शिक्षा र आधारभूत आवश्यकताका लागि एमआईटी ग्रुप फाउन्डेसनले ५७ करोड ८५ लाख रुपैयाँसम्मको दीर्घकालीन सहयोग गर्ने भएको छ।
 
गैरआवासीय नेपाली संघका पूर्व अध्यक्षसमेत रहेका फाउन्डेसनका अध्यक्ष शेष घलेले सामाजिक सञ्जालमार्फत बाढीपछि पानी घटे पनि प्रभावित बालबालिका र परिवारको कठिनाइ समाप्त नहुने भन्दै उनीहरूको भविष्य निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय बाल अधिकार परिषद् (एनसीआरसी)सँग भएको समझदारीपत्र (एमओयू) अनुसार फाउन्डेसनले बाढीबाट प्रभावित १८ वर्षमुनिका योग्य बालबालिकालाई कक्षा १२ सम्म सहयोग गर्ने बताइएको छ।

Ncell
Extreme Energy

उक्त सहयोगअन्तर्गत बालबालिकाको अवस्था र आवश्यकताअनुसार शिक्षा, खाना, आवास, लत्ताकपडा, स्वास्थ्य उपचार तथा अन्य आधारभूत आवश्यकताका लागि खर्च गरिनेछ। यसका लागि फाउन्डेसनले कुल ५७ करोड ८५ लाख रुपैयाँसम्मको परियोजना बजेट प्रतिबद्धता गरेको छ।

फाउन्डेसनले आर्थिक सहयोगमा मात्र सीमित नभई बाढीबाट प्रभावित बालबालिकालाई उनीहरू हुर्किंदै जाँदा निरन्तर साथ दिने उद्देश्य रहेको जनाएको छ।

‘उनीहरूले भोगेको कठिनाइले जीवनमा पाउने अवसर निर्धारण नगरोस् भन्ने हाम्रो उद्देश्य हो,’ फाउन्डेसनले भनेको छ, ‘उनीहरूलाई हामीले बिर्सेका छैनौँ भन्ने महसुस गराउन चाहन्छौँ।’

फाउन्डेसनका अध्यक्षले आफू र आफ्नी श्रीमती बाढी प्रभावित बालबालिका र परिवारले भोगेको अवस्थाबाट गहिरो रूपमा प्रभावित भएको उल्लेख गर्दै कठिन समय मात्र नभई आगामी वर्षहरूमा समेत उनीहरूलाई सहयोग गर्न पाउनु आफ्नो लागि महत्वपूर्ण भएको बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संविधानको मूल मर्म व्यवहारमा रूपान्तरण गर्न सभामुख अर्यालको आह्वान

संविधानको मूल मर्म व्यवहारमा रूपान्तरण गर्न सभामुख अर्यालको आह्वान

प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले संविधानको मूल मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्।
भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजारका सामान बरामद

भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजारका सामान बरामद

सशस्त्र प्रहरीको टोलीले पर्साका विभिन्न स्थानबाट भन्सार छली ल्याइएका तथा लुकाइराखिएका १७ लाख ५६ हजार ९९० रुपैयाँ बराबरका मोबाइल पार्टस् र कपडा बरामद गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज भारतीय उद्योगपतिहरूसँग छलफल गर्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज भारतीय उद्योगपतिहरूसँग छलफल गर्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शनिबार भारतीय उद्योगपतिहरूसँग छलफल गर्दै नेपालमा लगानीका लागि आह्वान गर्ने भएका छन्।