नेभिगेशन
समाज

सरकारबाटै संविधानमाथि चौतर्फी आक्रमण भयो : आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संविधान कार्यान्वयनको जिम्मेवारी पाएको सरकारबाटै संविधानमाथि चौतर्फी आक्रमण भइरहेको आरोप लगाएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संविधान दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै उनले संविधान संशोधनका नाममा यसको मूल मर्ममाथि प्रहार गर्ने प्रयास स्वीकार्य नहुने बताएका हुन्।

Ncell
Extreme Energy

आङ्देम्बेले सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र कार्यदलको प्रतिवेदन खारेज गर्न माग गरेका छन्। संविधान संशोधनलाई सत्ता स्वार्थको विषय बनाउन नहुने भन्दै उनले बहालवाला सर्वोच्च अदालतका न्यायाधीश वा पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा नयाँ कार्यदल गठन गरेर राष्ट्रिय सहमतिका आधारमा संशोधनको प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखेका छन्।

‘त्यसैले त्यस्तो प्रतिवेदनलाई खारेज गरौँ। संविधान संशोधनलाई सत्ता स्वार्थको विषय नबनाऔँ। बहालवाला सर्वोच्च अदालतका न्यायाधीश वा पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा संविधान संशोधन कार्यदल गठन गरौँ,’ उनले भनेका छन्।

सरकारले गठन गरेको कार्यदलले विभिन्न विज्ञ, राजनीतिक दल, संस्था तथा नागरिकबाट सुझाव संकलन गरी प्रतिवेदन तयार गरेको जनाएको छ। तर कार्यदलको क्षेत्राधिकार र संविधानका आधारभूत मूल्य–मान्यतामाथि हस्तक्षेप हुन सक्ने भन्दै केही दलले लिखित असहमति जनाएका थिए।

आङ्देम्बेले संविधान कार्यान्वयनको प्रश्न पनि उत्तिकै गम्भीर रहेको बताएका छन्। ‘संविधान कार्यान्वयन गर्ने जिम्मेवारी पाएको सरकारबाटै संविधानमाथि बलमिच्याइँ भइरहेको अनुभूति भइरहेको छ। यो गम्भीर विषय हो,’ उनले भनेका छन्।

कार्यपालिकाले व्यवस्थापिका र न्यायपालिकाको स्वतन्त्रताको सम्मान गर्नुपर्नेमा जोड दिँदै उनले संवैधानिक अंगलाई कार्यपालिकाको कारिन्दा निकायमा परिणत गर्ने प्रयास स्वीकार्य नहुने बताएका छन्।

‘नेपाली कांग्रेसलाई संविधानमाथि चौतर्फी आक्रमण सरकारबाटै भइरहेको प्रतीत भएको छ,’ उनले भनेका छन्, ‘सरकारको ध्यानाकर्षण गर्छु कि संविधानको हुर्मत नलिइयोस्। संविधानको मर्ममाथि खेलवाड नगरियोस्। संवैधानिक संस्थाको गरिमा नघटाइयोस्। व्यवस्थापिका र न्यायपालिकाको स्वतन्त्रताको सम्मान गरियोस्।’

आवश्यक सुधारका लागि संविधान संशोधन गर्न सकिने भए पनि संशोधनका नाममा संविधानको आत्मामाथि प्रहार गर्न नहुने आङ्देम्बेको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संविधानको मूल मर्म व्यवहारमा रूपान्तरण गर्न सभामुख अर्यालको आह्वान

संविधानको मूल मर्म व्यवहारमा रूपान्तरण गर्न सभामुख अर्यालको आह्वान

प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले संविधानको मूल मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्।
भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजारका सामान बरामद

भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजारका सामान बरामद

सशस्त्र प्रहरीको टोलीले पर्साका विभिन्न स्थानबाट भन्सार छली ल्याइएका तथा लुकाइराखिएका १७ लाख ५६ हजार ९९० रुपैयाँ बराबरका मोबाइल पार्टस् र कपडा बरामद गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज भारतीय उद्योगपतिहरूसँग छलफल गर्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज भारतीय उद्योगपतिहरूसँग छलफल गर्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शनिबार भारतीय उद्योगपतिहरूसँग छलफल गर्दै नेपालमा लगानीका लागि आह्वान गर्ने भएका छन्।