नेभिगेशन
समाज

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज भारतीय उद्योगपतिहरूसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शनिबार भारतीय उद्योगपतिहरूसँग छलफल गर्दै नेपालमा लगानीका लागि आह्वान गर्ने भएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अर्थमन्त्री वाग्लेको भारत भ्रमणका क्रममा भारतीय उद्योग परिसंघ (सीआईआई)ले आयोजना गरेको ‘राउन्ड टेबल’ छलफललाई उनले शनिबार बिहान साढे ९ बजे नयाँ दिल्लीस्थित सीआईआई मुख्यालयमा सम्बोधन गर्ने कार्यक्रम छ।

Ncell
Extreme Energy

सीआईआईकी अध्यक्ष डा. सुचित्रा के. इलाको अध्यक्षतामा हुने कार्यक्रममा वाग्ले प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।

छलफलमा उनले नेपालमा लगानीका अवसर, लगानीमैत्री कानुनी स्थिरता, लगानी सुरक्षा र प्रतिफलको सुनिश्चितताका विषयमा नेपाल सरकारको धारणा भारतीय उद्योगपतिसमक्ष राख्नेछन्।

सीआईआईका अनुसार छलफलमा परिसंघका पूर्वअध्यक्ष एवं आईटीसी इन्डियाका अध्यक्ष सञ्जीव पुरीसहित करिब दुई दर्जन भारतीय उद्योगपति सहभागी हुनेछन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संविधान समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : रवि लामिछाने

संविधान समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधानको समीक्षा गर्दा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राख्नुपर्ने बताएका छन्।
संविधानको मूल मर्म व्यवहारमा रूपान्तरण गर्न सभामुख अर्यालको आह्वान

संविधानको मूल मर्म व्यवहारमा रूपान्तरण गर्न सभामुख अर्यालको आह्वान

प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले संविधानको मूल मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्।
भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजारका सामान बरामद

भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजारका सामान बरामद

सशस्त्र प्रहरीको टोलीले पर्साका विभिन्न स्थानबाट भन्सार छली ल्याइएका तथा लुकाइराखिएका १७ लाख ५६ हजार ९९० रुपैयाँ बराबरका मोबाइल पार्टस् र कपडा बरामद गरेको छ।