नेभिगेशन
समाज

भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजारका सामान बरामद

वीरगञ्ज । सशस्त्र प्रहरीको टोलीले पर्साका विभिन्न स्थानबाट भन्सार छली ल्याइएका तथा लुकाइराखिएका १७ लाख ५६ हजार ९९० रुपैयाँ बराबरका मोबाइल पार्टस् र कपडा बरामद गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नियमित गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीले वीरगञ्ज महानगरपालिका–१ नैकाटोलाबाट भारतबाट भन्सार छली ल्याइएका ६ लाख ९८ हजार ४५० रुपैयाँ बराबरका मोबाइल पार्टस् बरामद गरेको हो। प्रहरीलाई देखेपछि सामान छाडेर दुई जना फरार भएका थिए।

Ncell
Extreme Energy

त्यस्तै, पकाहामैनपुर गाउँपालिका–५ सबैठवास्थित एउटा गोठमा लुकाइराखिएको १० लाख ५८ हजार ५४० रुपैयाँ बराबरका कपडा पनि बरामद गरिएको छ।

बरामद सामान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक प्रकाशचन्द्र भट्टले जानकारी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संविधान समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : रवि लामिछाने

संविधान समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधानको समीक्षा गर्दा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राख्नुपर्ने बताएका छन्।
संविधानको मूल मर्म व्यवहारमा रूपान्तरण गर्न सभामुख अर्यालको आह्वान

संविधानको मूल मर्म व्यवहारमा रूपान्तरण गर्न सभामुख अर्यालको आह्वान

प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले संविधानको मूल मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज भारतीय उद्योगपतिहरूसँग छलफल गर्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज भारतीय उद्योगपतिहरूसँग छलफल गर्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शनिबार भारतीय उद्योगपतिहरूसँग छलफल गर्दै नेपालमा लगानीका लागि आह्वान गर्ने भएका छन्।