नेभिगेशन
समाज

बाँदरले दुःख दिएपछि तरुल खेतीतर्फ भोजपुरका किसान

भोजपुर । बाँदरले मकै, कोदो, आलुलगायतका बाली नष्ट गर्न थालेपछि भोजपुरका ग्रामीण क्षेत्रका किसानले विकल्पका रूपमा घरतरुल खेती गर्न थालेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जमिनमुनि फल्ने भएकाले बाँदर तथा अन्य वन्यजन्तुबाट सुरक्षित रहने र कम मिहिनेतमै राम्रो आम्दानी लिन सकिने भएपछि किसानको आकर्षण तरुल खेतीतर्फ बढेको हो।

Ncell
Extreme Energy

बाँदरले परम्परागत बाली सखाप पार्न थालेपछि कतिपय किसानले खेतबारी नै बाँझो छाड्ने गरेका थिए। अहिले भने त्यस्ता जमिनमा समेत किसानले तरुल खेती गर्न थालेका छन्।

भोजपुर नगरपालिका–५ का किसान बेनीबहादुर विष्टका अनुसार बाँदरको समस्या बढी भएका क्षेत्रमा घरतरुल भरपर्दो आम्दानीको स्रोत बनेको छ।

“बाँदरले अरू बाली केही पनि बाँकी राख्दैन,” उनले भने, “तर तरुल जमिनमुनि फल्ने भएकाले सुरक्षित रहन्छ। अहिले गाउँका धेरै किसानले बाँदर छल्नकै लागि भए पनि तरुल खेती विस्तार गरेका छन्।”

तरुल उसिनेर खान तथा तरकारीका रूपमा प्रयोग हुने भएकाले यसको बजार माग पनि राम्रो रहेको किसानहरू बताउँछन्। स्थानीय किसान धन थापाका अनुसार अहिले गोडमेल गरिएको तरुल कात्तिक–मंसिरदेखि खनेर बजारमा बिक्रीका लागि लैजाने गरिन्छ। किसानले मुख्यतः जाँते र पतले जातको घरतरुल रोप्ने गरेका छन्।

“स्थानीय बजारमा घरतरुल प्रतिकिलो ८० देखि १२० रुपैयाँसम्ममा सजिलै बिक्री हुन्छ,” थापाले भने, “मलखाद र माटोको अवस्था राम्रो भए एउटै बोटबाट १५ देखि २० किलोसम्म उत्पादन लिन सकिन्छ। यसकै आम्दानीले नुनतेलदेखि घरपरिवारको सामान्य खर्च टरेको छ।”

कम सिँचाइ र भिरालो जमिनमा समेत राम्रो उत्पादन हुने भएकाले पहाडी भूभागका लागि तरुल उपयुक्त बाली मानिन्छ। विशेषगरी माघे संक्रान्तिका बेला यसको माग बढ्ने भएकाले किसानले सोही समयलाई लक्षित गरेर उत्पादन तथा बिक्री गर्ने गरेका छन्।

स्थानीय बजारका साथै धरान, इटहरी र विराटनगरलगायतका सहरमा समेत भोजपुरको तरुलको माग रहेकाले बजारीकरणमा समस्या नरहेको किसानहरू बताउँछन्।

कृषि विज्ञहरूका अनुसार बाँदर प्रभावित क्षेत्रका किसानलाई यस्ता वैकल्पिक तथा नगदे बालीतर्फ आकर्षित गर्न स्थानीय सरकारले प्राविधिक सहयोग र उन्नत बीउ उपलब्ध गराउन आवश्यक छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संविधान समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : रवि लामिछाने

संविधान समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधानको समीक्षा गर्दा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राख्नुपर्ने बताएका छन्।
संविधानको मूल मर्म व्यवहारमा रूपान्तरण गर्न सभामुख अर्यालको आह्वान

संविधानको मूल मर्म व्यवहारमा रूपान्तरण गर्न सभामुख अर्यालको आह्वान

प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले संविधानको मूल मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्।
भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजारका सामान बरामद

भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजारका सामान बरामद

सशस्त्र प्रहरीको टोलीले पर्साका विभिन्न स्थानबाट भन्सार छली ल्याइएका तथा लुकाइराखिएका १७ लाख ५६ हजार ९९० रुपैयाँ बराबरका मोबाइल पार्टस् र कपडा बरामद गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज भारतीय उद्योगपतिहरूसँग छलफल गर्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज भारतीय उद्योगपतिहरूसँग छलफल गर्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शनिबार भारतीय उद्योगपतिहरूसँग छलफल गर्दै नेपालमा लगानीका लागि आह्वान गर्ने भएका छन्।