नेभिगेशन
समाज

संविधानको मूल मर्म व्यवहारमा रूपान्तरण गर्न सभामुख अर्यालको आह्वान

काठमाडौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले संविधानको मूल मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै सभामुख अर्यालले संविधानको सफल कार्यान्वयन र संरक्षणका लागि राज्यका सबै अंग, राजनीतिक दल, नागरिक समाज तथा आम नागरिकबीच सहकार्य, समन्वय र प्रतिबद्धता आवश्यक रहेको बताएका हुन्।

Marvel
Extreme Energy

उनले नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट २०७२ असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएको स्मरण गर्दै संविधान निर्माणका क्रममा तथा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका आन्दोलन र पछिल्लो जेनजी प्रदर्शनका क्रममा जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धासुमन अर्पण गरेका छन्।

सभामुख अर्यालले संविधानले अंगीकार गरेको बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतालाई आत्मसात् गर्दै राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित र समृद्धिका लागि एकताको सूत्रमा आबद्ध हुन संविधान दिवसले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

संविधानको कार्यान्वयन र संरक्षणमा संघीय संसद्को भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले समयसापेक्ष कानुन निर्माण तथा परिमार्जन, जनसरोकारका विषय उठान र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि संघीय संसद् प्रतिबद्ध रहेको बताएका छन्।

संविधानले परिकल्पना गरेको स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतान्त्रिक, समाजवादउन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य निर्माणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

‘संविधानको मूल मर्म र भावनालाई अक्षरशः व्यवहारमा रूपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई यसको प्रभावकारिताका लागि हातेमालो गर्न’ उनले सबैमा आह्वान गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

सरकारको यो निर्णयमाथि पनि कानुनी परीक्षण हुने देखिन्छ । सरकारले आईजीपी नियुक्त गर्न पाउने अधिकार राखे पनि पदावधि बाँकी रहँदै बहालवाला आईजीपीलाई हटाउन पाउने अधिकार कति छ भन्ने...
प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

विदेश सचिव मिश्री चार एजेण्डा बोकेर काठमाडौं आएका हुन् । एजेण्डा चार वटा भएपछि भ्रमणको प्रमुख एजेण्डा भने प्रधानमन्त्री बालेनको भारत भ्रमणको विषय नै हो । मिश्री नेपाल...
निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

बुधबार मन्त्रालय आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्ति पत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिए ।
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई  अध्यक्षमा नियुक्त गरेको हो ।