नेभिगेशन
समाज

चितवन राष्ट्रिय निकुञ्जको चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत फेला

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जको चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा भेटिएको छ। रोनाल्डो विषहजारी पोस्ट नजिकै मृत भेटिएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रोनाल्डोको मृत्युको कारण भने खुलिसकेको छैन । घटनाबारे चितवन राष्ट्रिय निकुञ्जको टोलीले स्थलगत अनुसन्धान गरिरहेको छ । मृत्युको कारण अनुसन्धानपछि मात्रै यकिन हुने निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए । 

Marvel
Extreme Energy

सौराहा–खोरसोर क्षेत्रको ‘सेलिब्रेटी’का रूपमा परिचित रोनाल्डोले खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा लामो समयदेखि प्रभाव जमाएको थियो। केन्द्रमा जन्मिएका धेरै छावाको पिता रोनाल्डो नै रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा पुनले बताए । करिब ५३ वर्ष उमेरको अनुमान गरिएको रोनाल्डोको शरीरमा अन्य हात्तीसँगको संघर्षका चिन्हसमेत थिए। उसको पुच्छरसमेत संघर्षकै क्रममा गुमेको थियो । 

रोनाल्डोको मृत्युसँगै सौराहा–खोरसोर क्षेत्रको चर्चित जंगली भाले हात्तीको एउटा परिचित कथा समाप्त भएको छ । मृत्युको वास्तविक कारण भने निकुञ्जको अनुसन्धानपछि मात्रै स्पष्ट हुने जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

सरकारको यो निर्णयमाथि पनि कानुनी परीक्षण हुने देखिन्छ । सरकारले आईजीपी नियुक्त गर्न पाउने अधिकार राखे पनि पदावधि बाँकी रहँदै बहालवाला आईजीपीलाई हटाउन पाउने अधिकार कति छ भन्ने...
प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

विदेश सचिव मिश्री चार एजेण्डा बोकेर काठमाडौं आएका हुन् । एजेण्डा चार वटा भएपछि भ्रमणको प्रमुख एजेण्डा भने प्रधानमन्त्री बालेनको भारत भ्रमणको विषय नै हो । मिश्री नेपाल...
निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

बुधबार मन्त्रालय आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्ति पत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिए ।
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई  अध्यक्षमा नियुक्त गरेको हो ।