नेभिगेशन
नेताका कुरा

अबको केन्द्रीय समितिको बैठकले पार्टीलाई एकताबद्ध बनाउँछः ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब बस्ने केन्द्रीय समितिको बैठकले पार्टीलाई एकताबद्ध बनाउने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सबै घेराबन्दी र विभाजनका बाबजुद एमाले एकताबद्ध भएर निर्णायक राष्ट्रिय शक्तिको रूपमा अघि बढ्ने दाबी गरे । ‘असोज ६ र ७ गतेको केन्द्रीय समितिको बैठकले पार्टीमा देखिएका समस्याहरूको समाधान निकाल्दै पार्टीलाई सुदृढ एकताका साथ अझ सक्रिय बनाएर लैजान्छ’ ओलीले भने ।

Marvel
Extreme Energy

उनले संविधान र लोकतन्त्रको रक्षाका लागि विभिन्न स्वरुपमा संघर्ष अघि बढाउने बताए । उनले मुलुकलाई विधि, पद्धति र संविधानभन्दा बाहिर लगेर अराजकता तथा अध्याँरो युगतर्फ धकेल्ने षड्यन्त्र भइरहेको भन्दै संविधान र लोकतन्त्रको रक्षाका लागि पार्टीले नेतृत्व लिएर कानुनी तथा विभिन्न स्वरूपका संघर्षहरू अगाडि बढाउने दाबी गरे ।

अध्यक्ष ओलीले सडकमा केही हजार मानिस उतारेर ३ करोड जनताको जनमतलाई ध्वस्त पार्ने प्रयास भइरहेको र यसले हिंसा तथा दिशाहीनता निम्त्याउने दाबीसमेत गरे । उनले एमालेमा गल्ती–कमजोरी महसुस गर्ने क्षमता र लडेर पनि फेरि उठेर अगाडि बढ्ने सामथ्र्य भएकाले कसैले चाहेर पनि पार्टीलाई सिध्याउन नसक्ने दाबी गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

सरकारको यो निर्णयमाथि पनि कानुनी परीक्षण हुने देखिन्छ । सरकारले आईजीपी नियुक्त गर्न पाउने अधिकार राखे पनि पदावधि बाँकी रहँदै बहालवाला आईजीपीलाई हटाउन पाउने अधिकार कति छ भन्ने...
प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

विदेश सचिव मिश्री चार एजेण्डा बोकेर काठमाडौं आएका हुन् । एजेण्डा चार वटा भएपछि भ्रमणको प्रमुख एजेण्डा भने प्रधानमन्त्री बालेनको भारत भ्रमणको विषय नै हो । मिश्री नेपाल...
निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

बुधबार मन्त्रालय आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्ति पत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिए ।
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई  अध्यक्षमा नियुक्त गरेको हो ।