नेभिगेशन
नेताका कुरा

परराष्ट्रमन्त्री खनाल भोलि अमेरिका जाने

काठमाडौँ । काठमाडौँ ।  संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली आइतबार अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउने छन् । उनले विभिन्न देशका आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वहरूसँग द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम रहेको छ ।

Ncell
Extreme Energy

राष्ट्रसंघको महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह सेप्टेम्बर २२ मा अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई सेप्टेम्बर २४ मा सम्बोधन गर्नेछन् ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ। प्रधानमन्त्री शाह सेप्टेम्बर २६ मा काठमाडौं फर्किने कार्यक्रम रहेको छ भने परराष्ट्रमन्त्री खनाल सेप्टेम्बर २९ मा नेपाल आइपुग्नेछन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
प्रतिनिधि बन्न कांग्रेसका नेताहरू आ–आफ्नो वडामा

प्रतिनिधि बन्न कांग्रेसका नेताहरू आ–आफ्नो वडामा

कांग्रेसले यसपालि स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था हटाएको छ । केन्द्रीय समितिका सभापति, पदाधिकारी र सदस्यसहित सबै तहका नेताहरु तल्लो तहबाटै छानिँदै महाधिवेशन प्रतिनिधि चुनिनुपर्ने छ ।
कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि

कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि

नयाँ पत्रिका दैनिकका पत्रकार थामी गत भदौ १० गतेदेखि सम्पर्कविहीन भएका थिए । दोलखाको कालीञ्चोक गाउँपालिका–२, बाबरेमा २०४२ साल जेठ १४ गते जन्मिएका थामीको प्रतीकात्मक शवमा उनका पिता...
अबको केन्द्रीय समितिको बैठकले पार्टीलाई एकताबद्ध बनाउँछः ओली

अबको केन्द्रीय समितिको बैठकले पार्टीलाई एकताबद्ध बनाउँछः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब बस्ने केन्द्रीय समितिको बैठकले पार्टीलाई एकताबद्ध बनाउने बताएका छन् ।