नेभिगेशन
नेताका कुरा
सुरु भयो कांग्रेसको वडा अधिवेशन

प्रतिनिधि बन्न कांग्रेसका नेताहरू आ–आफ्नो वडामा

स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था खारेज भएपछि केन्द्रीय नेताहरूलाई पनि तल्लो तहबाटै चुनिएर आउनुपर्ने बाध्यता

काठमाडौँ । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत आज वडा अधिवेशन सुरु भएको छ । निर्वाचन समितिका अनुसार, आज देशका अधिकांश वडामा अधिवेशन सुरु भएको छ । वडा अधिवेशनका लागि आज र भोलि गरी दुई दिन तोकिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वडा अधिवेशनमा वडाभित्रका क्रियाशील सदस्य प्रतिनिधि हुने छन् । अधिवेशनले वडा सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव, एक सहसचिव र सदस्य निर्वाचित गर्नेछ ।

Ncell
Extreme Energy

त्यस्तै, वडा अधिवेशनबाटै क्रियाशील सदस्य संख्या र समावेशी सिद्धान्तका आधारमा क्षेत्रीय प्रतिनिधि चयन हुने छन् । क्षेत्रीय प्रतिनिधिहरुबाटै प्रदेश अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन हुनेछन् ।

कांग्रेसले यसपालि स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था हटाएको छ । केन्द्रीय समितिका सभापति, पदाधिकारी र सदस्यसहित सबै तहका नेताहरु तल्लो तहबाटै छानिँदै महाधिवेशन प्रतिनिधि चुनिनुपर्ने छ ।

स्वतः महाधिवेशन प्रतिनिधि बन्ने प्रावधान हटेपछि कांग्रेस सभापति गगनकुमार थापासहित सबै नेताहरु आ आफ्नो वडामा पुगेका छन् ।

सभापति गगनकुमार थापा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत काठमाडौं महानगर ३० नम्बर वडाको अधिवेशनमा सहभागी भएका छन् र क्षेत्रीय प्रतिनिधिका लागि उम्मेदवारी दर्ता गराएका छन् । 

त्यसअघि सभापति थापाले आफ्नो क्रियाशील सदस्यता रहेको ३० नम्बर वडाको अधिवेशन उद्घाटन गरेका थिए ।

सो क्रममा सभापति थापाले पार्टीको महाधिवेशनमा सबैलाई समेट्न आफूले अधिकतम प्रयास गरेको बताए । पार्टीको विवाद समाधानका लागि अन्तिम क्षणसम्म प्रयास जारी रहने र त्यसका लागि सबै पक्षका शीर्ष नेताहरूसँग भेटघाट र छलफल गरिरहेको उनको भनाइ थियो ।

गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वले पन्ध्रौं महाधिवेशन प्रक्रिया सुरु गरे पनि निवर्तमान सभापति शेरबहादुर देउवासहितका केही नेता भने यो महाधिवेशन प्रक्रियामा सहभागी छैनन् । देउवा नेतृत्वको समूहले छुट्टै महाधिवेशन गर्ने गरी तालिका सार्वजनिक गरेको छ ।

त्यस्तै, अघिल्लो महाधिवेशनमा सभापतिको उम्मेदवार रहेका नेता डा. शेखर कोइराला पनि यो महाधिवेशनमा सहभागी छैनन् । कोइरालाले कुनै पनि समूहले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुने बताएका छन् ।

देउवा र शेखर महाधिवेशनमा सहभागी नभए पनि उनीहरु पक्षका अधिकांश नेता भने महाधिवेशनमा सहभागी भएका छन् । देउवा पक्षका ५१ जना नेता असोज १ गते सानेपा पुगेर केन्द्रीय समितिको बैठकमा सहभागी भएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
रास्वपाका आयोग र विभागमा को को भए मनोनीत ?

रास्वपाका आयोग र विभागमा को को भए मनोनीत ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका आयोग र विभागहरूमा पदाधिकारी तथा सदस्यहरु नियुक्त भएका छन् ।
न्युयोर्क लागे परराष्ट्रमन्त्री शिशिर खनाल

न्युयोर्क लागे परराष्ट्रमन्त्री शिशिर खनाल

परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् ।
भोटेकोशी बाढीका कारण रोकिएका पार्टीका अभियान रास्वपाले फेरि सञ्चालन गर्ने

भोटेकोशी बाढीका कारण रोकिएका पार्टीका अभियान रास्वपाले फेरि सञ्चालन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढी र राष्ट्रिय शोकका कारण रोकिएका पार्टीका गतिविधि र अभियान पुनः सञ्चालन गर्ने भएको छ ।
रास्वपाले  सरकारलाई भन्यो– आशा मारिसकेका व्यक्तिको मृत्यु प्रमाणपत्र दिने कानुनी प्रक्रिया छिटो टुङ्गोमा पुऱ्याउनू

रास्वपाले  सरकारलाई भन्यो– आशा मारिसकेका व्यक्तिको मृत्यु प्रमाणपत्र दिने कानुनी प्रक्रिया छिटो टुङ्गोमा पुऱ्याउनू

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाढीमा परी बेपत्ता भएका तर, आशा मारिसकेका व्यक्तिहरुको मृत्यु दर्ता प्रमाणपत्र दिने कानुनी प्रक्रियालाई छिटो टुंगोमा पुर्याउन सरकारको ध्यानाकर्षण गराएको छ ।