नेभिगेशन
क्रिकेट

एसियन गेम्स खेल्ने क्रिकेट टोलीको बिदाइ

काठमाडौँ । एसियन गेम्समा सहभागी हुन जापान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार काठमाडौंको त्रिपुरश्वरस्थित राखेपमा आयोजित एक कार्यक्रमकाबीच राखेप सदस्य सचिव रामचरित्र मेहता र क्यानका सचिव पारस खड्काले क्रिकेट टोलीलाई बिदाइ गरेका हुन् ।

Ncell
Extreme Energy

कार्यक्रममा नेपाली क्रिकेट टोलीका कप्तान कप्तान दीपेन्द्रसिंह ऐरीले नेपाली टिम राम्रो लयमा रहेकाले मेडल ल्याउने उदेश्यका साथ जापान जान लागेको बताए । उनले प्रतियोगिताका लागि नेपाली टोली निकै उत्साहित रहेको उल्लेख गरे ।

त्यस्तै नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले नेपाली टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्ने र पदक हासिल गर्ने विश्वास व्यक्त गरे ।

एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको समूह चरणमा नेपालले सेप्टेम्बर २५मा अफगानिस्तान र सेप्टेम्बर २६ मा जापानको सामना गर्नेछ । समूह चरणबाट दुई–दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् ।

नेपाल समूह विजेता बनेमा क्वार्टरफाइनलमा श्रीलंका तथा उप–विजेता बनेमा भारतको सामना गर्नेछ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप क्रिकेट
बाढी प्रभावित रसुवाको उत्तरगया–१ मा जोडियो बिजुली

बाढी प्रभावित रसुवाको उत्तरगया–१ मा जोडियो बिजुली

सरकारले बाढी प्रभावित क्षेत्रमा विद्युत् पुनःस्थापनालाई तीव्रता दिएको छ ।
भोटेकोशी भेलबाढीबारे २० अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले पत्ता लगाएका दुई कारण

भोटेकोशी भेलबाढीबारे २० अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले पत्ता लगाएका दुई कारण

ती वैज्ञानिकहरूले भोटेकोशी हिमबाढीमा विभिन्न जटिल प्राकृतिक प्रक्रियाको शृंखलाले भूमिका खेलेको दाबी गरेका छन्। तीमध्ये धेरै प्रक्रिया मानवसिर्जित जलवायु परिवर्तनकै कारण रहेको निष्कर्ष निकालेका छन्।