नेभिगेशन
समाज

बाढी प्रभावित रसुवाको उत्तरगया–१ मा जोडियो बिजुली

अब रसुवामा ८६ घरधुरी मात्रै बाँकी, नुवाकोट र धादिङमा पूर्ण विद्युत आपूर्ति

काठमाडौँ । सरकारले बाढी प्रभावित क्षेत्रमा विद्युत् पुनःस्थापनालाई तीव्रता दिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठकाअनुसार शनिबार बाढी प्रभावित रसुवाको उत्तरगया–१ मा बिजुली जोडिएको छ । 

Ncell
Extreme Energy

रसुवामा आज चिलिमे २२० केभी हबबाट ११ केभी सप्लाई पठाई बाटोमा ट्यापिङमार्फत उत्तरगया–१ तिरुगोमाने/धार्ना क्षेत्रमा विद्युत् आपूर्ति विस्तार गरिएको मन्त्री श्रेष्ठले बताए । 

उनकाअनुसार यससँगै रसुवाको लगभग सम्पूर्ण क्षेत्र विद्युतीकरणको अवस्थामा पुगेको छ । अब बाँकी ८६ घरधुरीमा बिजुली जोड्ने काम भइरहेको छ । 

बाँकी घरधुरीमध्ये गोसाइँकुण्ड–१ दाहालफेदीका ४६ र गोसाइँकुण्ड–३ लिङलिङका ४० घरधुरीमा सेवा पुर्‍याउने काम जारी रहेको मन्त्री श्रेष्ठले बताए । 

'भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विद्युत पूर्वाधार र संरचनामा ठूलो क्षति पुगेको चुनौतीपूर्ण अवस्थाबाट आज हामी सामान्य स्थितिमा आइपुगेका छौं । आज असोज ३ गतेसम्म आइपुग्दा विद्युत् पुनःस्थापनामा महत्वपूर्ण प्रगति भएको छ,' मन्त्री श्रेष्ठले भनेका छन् । 

उनकाअनुसार नुवाकोट र धादिङमा पूर्ण रूपमा विद्युत् आपूर्ति भइरहेको छ । 'नुवाकोटमा भदौ २४ मै र धादिङमा त त्यसअघि पूर्ण विद्युत आपूर्ति गर्न सफल भएका थियौं,' उनले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ

नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ

नेपालले भदौ महिनामात्रै बिजुली बेचेर पाँच अर्बभन्दा बढी आम्दानी गरेको छ ।
हिउँदमा काठमाडौँको विद्युत माग धान्न ऊर्जा मन्त्रालयले बनायो एकीकृत रणनीति

हिउँदमा काठमाडौँको विद्युत माग धान्न ऊर्जा मन्त्रालयले बनायो एकीकृत रणनीति

सरकारले आगामी जाडोयाममा काठमाडौँ उपत्यकामा हुन सक्ने विद्युतको अत्यधिक मागलाई सम्बोधन गर्दै निर्बाध र सहज आपूर्ति सुनिश्चित गर्न एकीकृत रणनीति बनाएको छ ।
भोटेकोशी भेलबाढीबारे २० अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले पत्ता लगाएका दुई कारण

भोटेकोशी भेलबाढीबारे २० अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले पत्ता लगाएका दुई कारण

ती वैज्ञानिकहरूले भोटेकोशी हिमबाढीमा विभिन्न जटिल प्राकृतिक प्रक्रियाको शृंखलाले भूमिका खेलेको दाबी गरेका छन्। तीमध्ये धेरै प्रक्रिया मानवसिर्जित जलवायु परिवर्तनकै कारण रहेको निष्कर्ष निकालेका छन्।
एसियन गेम्स खेल्ने क्रिकेट टोलीको बिदाइ

एसियन गेम्स खेल्ने क्रिकेट टोलीको बिदाइ

एसियन गेम्समा सहभागी हुन जापान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ ।