नेभिगेशन
समाज

हिउँदमा काठमाडौँको विद्युत माग धान्न ऊर्जा मन्त्रालयले बनायो एकीकृत रणनीति

विशेष कार्यदल गठन, विपद् प्रभावित क्षेत्रबाट १६५ मेगावाट विद्युत ल्याइने

काठमाडौँ । सरकारले आगामी जाडोयाममा काठमाडौँ उपत्यकामा हुन सक्ने विद्युतको अत्यधिक मागलाई सम्बोधन गर्दै निर्बाध र सहज आपूर्ति सुनिश्चित गर्न एकीकृत रणनीति बनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले आगामी जाडोमा उपत्यकाको विद्युत माग सामान्य अवस्थामा ६६० मेगावाट र उच्च चापका बेला ७०० मेगावाटसम्म पुग्ने प्रक्षेपण गर्दै सोही अनुसारको पूर्वाधार सुदृढीकरण र लोड व्यवस्थापन गर्ने रणनीति बनाएको हो । 

Ncell
Extreme Energy

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठका सल्लाहकारहरू, नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक (एमडी) तथा वितरण, प्रसारण, आयोजना व्यवस्थापन निर्देशनालय (पीएमडी) र ऊर्जा महाशाखाका उच्च अधिकारीहरूबिच हालै सम्पन्न विशेष समीक्षा बैठकले काठमाडौँ उपत्यकासहित देशका प्रमुख शहरहरूमा विद्युत प्रवाह निरन्तर कायम राख्ने निर्णयहरू गरेको छ ।

ऊर्जा महाशाखाका प्रमुख सुनिल पौडेलले काठमाडौँ उपत्यकामा जाडोयाममा विद्युत आपूर्ति प्रभावित हुन नदिन मन्त्रालय र प्राधिकरणले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताए । 'हिउँदमा काठमाडौँ उपत्यकामा विद्युतको माग वृद्धि हुने भएकाले सम्भावित चापलाई ध्यानमा राखेर पूर्वाधार सुदृढीकरण र वैकल्पिक आपूर्तिको तयारी थालिएको छ,' पौडेलले भने, 'प्राकृतिक विपत्तिका कारण प्रभावित भएका प्रसारण लाइनको मर्मत द्रुत गतिमा अघि बढाउने र निर्माणाधीन सहरी आयोजनाहरू छिटो सम्पन्न गरी ग्राहकलाई बिनाअवरोध गुणस्तरीय बिजुली पुर्‍याउन आवश्यक समन्वय र अनुगमन भइरहेको छ ।'

जाडोयाममा नदीहरूमा पानीको बहाव घट्दा देशको कुल ४ हजार १०० मेगावाट जडित क्षमता (जसमध्ये ३ हजार ७०० मेगावाट राष्ट्रिय ग्रिडमा आबद्ध)को उत्पादन घटेर करिब एक-तिहाइमा सीमित हुने गर्दछ । यस्तो सुख्खायामको प्राविधिक चापलाई सम्बोधन गर्न र आपूर्तिमा कुनै अवरोध आउन नदिन ग्रिड सञ्चालन विभाग, वितरण तथा ग्राहक सेवा निर्देशनालय र भार प्रेषण केन्द्रका प्रतिनिधिहरू सम्मिलित एक विशेष कार्यदल (टास्क फोर्स) गठन गर्ने निर्णय गरेको छ । यो कार्यदलले जाडोभर उपत्यकाको विद्युत प्रवाह र फिडर व्यवस्थापनको दैनिक अनुगमन गर्ने पौडेलले बताए ।

उनकाअनुसार उपत्यकाको आन्तरिक प्रणाली सुदृढीकरणका लागि चाबहिल सबस्टेसनको स्तरोन्नति गर्नुका साथै चाबहिल-सुकेधारा लाइनको निर्माण कार्यलाई द्रुत गतिमा अघि बढाएर तत्काल सञ्चालनमा ल्याइने भएको छ । यसैगरी, पाटन-चाबहिल १३२ केभी भूमिगत (अन्डरग्राउन्ड) केबल बिछ्याउने कामलाई तीव्र बनाउने निर्णय पनि बैठकले गरेको छ । जाडोयाममा आउने चापलाई व्यवस्थापन गर्न बुढानीलकण्ठ, चपली, भक्तपुरको मूलपानी र पाटन सबस्टेसन क्षेत्रका फिडरहरूको विस्तार तथा पुनःसंरचना गरिनेछ ।

यसैबिच, हालैको प्राकृतिक विपत्तिका कारण सिन्धुपाल्चोक क्षेत्रमा प्रसारण लाइनका १६ वटा टावरहरू बगेका र कुल १७ वटा टावर तत्काल निर्माण गर्नुपर्ने अवस्था रहेको बैठकमा जानकारी गराइएको थियो । सो क्षेत्रबाट उत्पादन भइरहेको १६५ मेगावाट विद्युत तत्काल काठमाडौँ उपत्यकामा भित्र्याउन प्राधिकरणले 'लाइडर सर्भे' सम्पन्न गरी टावर तथा फाउन्डेसनको डिजाइन अन्तिम चरणमा पुर्‍याएको प्रसारण निर्देशनालय प्रमुख नवराज ओझाले बताए । उनकाअनुसार आगामी सोमबारसम्म डिजाइन तयार गरी अन्य निर्माणाधीन आयोजनाहरूबाट टावरहरू ल्याएर सो ठाउँमा जडान गरिनेछ । टावरको अलाइनमेन्ट परिवर्तन गर्नुपरेमा मन्त्रीस्तरीय निर्णयमार्फत आवश्यक सहजीकरण गरी द्रुत रूपमा काम सम्पन्न गर्ने तयारी छ ।

यस्तै, बैठकमा भदौ १० गतेपछि पनि नेपालले भारततर्फ पिक समयमा १ हजार ५० मेगावाटसम्म विद्युत निर्यात गरिरहेको स्पष्ट पारिएको छ । हालै सार्वजनिक भएको ६५६ मेगावाट विद्युत निर्यातसम्बन्धी समाचारको प्रसङ्गमा स्पष्ट पार्दै, उक्त परिमाण विद्युत खरिद/बिक्रीका लागि उपलब्ध 'स्लट' मात्र भएको र नेपालको आन्तरिक खपत पूरा गरेर बचेको बिजुली मात्र निर्यात गर्ने नीति यथावत् रहेको जानकारी गराइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ

नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ

नेपालले भदौ महिनामात्रै बिजुली बेचेर पाँच अर्बभन्दा बढी आम्दानी गरेको छ ।
बाढी प्रभावित रसुवाको उत्तरगया–१ मा जोडियो बिजुली

बाढी प्रभावित रसुवाको उत्तरगया–१ मा जोडियो बिजुली

सरकारले बाढी प्रभावित क्षेत्रमा विद्युत् पुनःस्थापनालाई तीव्रता दिएको छ ।
भोटेकोशी भेलबाढीबारे २० अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले पत्ता लगाएका दुई कारण

भोटेकोशी भेलबाढीबारे २० अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले पत्ता लगाएका दुई कारण

ती वैज्ञानिकहरूले भोटेकोशी हिमबाढीमा विभिन्न जटिल प्राकृतिक प्रक्रियाको शृंखलाले भूमिका खेलेको दाबी गरेका छन्। तीमध्ये धेरै प्रक्रिया मानवसिर्जित जलवायु परिवर्तनकै कारण रहेको निष्कर्ष निकालेका छन्।
एसियन गेम्स खेल्ने क्रिकेट टोलीको बिदाइ

एसियन गेम्स खेल्ने क्रिकेट टोलीको बिदाइ

एसियन गेम्समा सहभागी हुन जापान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ ।