नेभिगेशन
समाज

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन झण्डै आधाले घट्यो

मुस्ताङ । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि हिमाली जिल्ला मुस्ताङमा पर्यटक आगमन घटेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनको तुलनामा भदौमा मुस्ताङ आउने आन्तरिक तथा सार्क मुलुकका पर्यटकको संख्या उल्लेख्य घटेको हो। साउनमा ६१ हजार २६३ पर्यटक मुस्ताङ पुगेकामा भदौमा ३१ हजार ९८९ जना मात्रै पुगेका छन्।

Ncell
Extreme Energy

यसअनुसार साउनको तुलनामा भदौमा २९ हजार २७४ जना अर्थात् ४७.७८ प्रतिशत कम पर्यटक मुस्ताङ पुगेका छन्।

जिल्ला प्रहरी कार्यालयअन्तर्गत म्याग्दी–मुस्ताङ सीमा क्षेत्रको घाँसा प्रहरी चौकीको विवरणअनुसार साउनमा ३० हजार ६५५ आन्तरिक, ३० हजार ४१५ सार्क मुलुकका र १९३ अन्य मुलुकका पर्यटक मुस्ताङ पुगेका थिए। भदौमा आन्तरिक १६ हजार ५०३, सार्क मुलुकका १५ हजार १३८ र अन्य मुलुकका ३४८ जना पर्यटक मुस्ताङ पुगेका छन्।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार साउनको तुलनामा भदौमा आन्तरिक पर्यटक १४ हजार १५२ अर्थात् ४६.१६ प्रतिशत र सार्क मुलुकका पर्यटक १६ हजार ४३७ अर्थात् ५२.०५ प्रतिशतले घटेका छन्।

तर, अन्य मुलुकका पर्यटकको संख्या भने बढेको छ। साउनमा १९३ जना विदेशी पर्यटक मुस्ताङ पुगेकामा भदौमा ३४८ जना पुगेका छन्। यो अघिल्लो महिनाको तुलनामा १५५ जनाको वृद्धि हो।

प्रहरी निरीक्षक बस्यालले भदौ १० गतेको रसुवा बाढीका कारण मुलुक नै शोकमा परेकाले त्यसको प्रभाव मुस्ताङको पर्यटनमा परेको हुनसक्ने बताए।

यद्यपि, चालु आर्थिक वर्षको साउन र भदौलाई गत आर्थिक वर्षको सोही अवधिसँग तुलना गर्दा पर्यटक आगमन भने बढेको छ। गत आव २०८२/८३ को साउनमा १९ हजार ७८१ र भदौमा २३ हजार २०५ पर्यटक मुस्ताङ पुगेका थिए।

चालु आवको साउन र भदौमा गरी कुल ९३ हजार २५२ पर्यटक मुस्ताङ पुगेका छन्। तीमध्ये ४७ हजार १५८ आन्तरिक, ४६ हजार ७१३ सार्क मुलुकका र ४४१ अन्य मुलुकका पर्यटक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाको सचिवालय बैठक आज

रास्वपाको सचिवालय बैठक आज

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार बस्दैछ।
एमालेमा आजदेखि लगातार बैठक, ५ गतेबाट केन्द्रीय कमिटी बस्ने

एमालेमा आजदेखि लगातार बैठक, ५ गतेबाट केन्द्रीय कमिटी बस्ने

नेकपा एमालेले कार्यदल, केन्द्रीय सचिवालय र केन्द्रीय कमिटीका बैठक बोलाएको छ।