नेभिगेशन
पूर्वाधार

किन ठप्प छ कर्णाली करिडोर ?

हुम्ला । कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकै छारेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। शनिबार पहिरोसँगै ठूला ढुंगा खसेपछि करिब १०० मिटर सडक अवरुद्ध हुँदा करिडोरमा सवारी आवागमन ठप्प भएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पहिरोका कारण करिडोर हुँदै आवतजावत गर्ने यात्रु तथा सवारीसाधन बीच बाटोमै रोकिएका छन्। सडकमा ठूला ढुंगा थुप्रिएकाले तत्काल सडक खुलाउन कठिन भएको छ।

Ncell
Extreme Energy

जिल्ला सदरमुकाम सिमकोटमा आइतबार सञ्चालन हुने स्वास्थ्य शिविरमा सहभागी हुन अदानचुली गाउँपालिकाबाट आएका २७ जनाभन्दा बढी नागरिकसमेत बाटोमै रोकिएका छन्।

अदानचुली गाउँपालिका–२ का कमल बुढा श्रीमतीको कानको उपचारका लागि शनिबार बिहान गाउँबाट सिमकोटतर्फ आएका थिए। पहिरो खसेपछि आफूहरू सर्केगाडको खडीखेतमा बसेर सडक खुल्ने प्रतीक्षामा रहेको उनले बताए।

“स्वास्थ्य शिविरमा उपचारका लागि जाने नागरिक सडक अवरुद्ध भएपछि समयमै सिमकोट पुग्न नसक्ने चिन्तामा छन्,” उनले भने।

प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले सडक खुलाउन पहल भइरहेको बताए। उनका अनुसार सडकमा ठूला ढुंगा खसेकाले सामान्य उपकरणबाट मात्रै अवरोध हटाउन सम्भव छैन।

सडक विभागका प्रतिनिधि, अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहसहित उपलब्ध गाउँपालिका अध्यक्ष तथा सुरक्षा निकायका प्रमुखसँग छलफल गरी आइतबार बिहानैदेखि सडक खुलाउने काम सुरु गर्ने तयारी गरिएको उनले बताए।

करिब १०० मिटर सडक क्षेत्रमा ठूला ढुंगा थुप्रिएकाले फुटाउनुपर्ने अवस्था रहेको प्रजिअ गुरागाईंले बताए। दुर्गम क्षेत्रमा आवश्यक साधनस्रोत तत्काल उपलब्ध गराउन कठिन हुने भएकाले सडक खुलाउन केही समय लाग्न सक्ने उनको भनाइ छ।

आइतबार बिहानदेखि निरन्तर काम अघि बढाएर सम्भवतः पर्सि दिउँसोसम्म कर्णाली करिडोर सञ्चालनमा ल्याउने लक्ष्य राखिएको उनले बताए।

वर्षायाममा बाढी, पहिरो र ढुंगा खस्ने समस्याका कारण कर्णाली करिडोर पटकपटक अवरुद्ध हुँदै आएको छ। करिडोर अवरुद्ध हुँदा हुम्लाका नागरिकको आवतजावतसँगै उपचार, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीको ढुवानीसमेत प्रभावित हुने गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
रास्वपाको सचिवालय बैठक आज

रास्वपाको सचिवालय बैठक आज

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार बस्दैछ।
एमालेमा आजदेखि लगातार बैठक, ५ गतेबाट केन्द्रीय कमिटी बस्ने

एमालेमा आजदेखि लगातार बैठक, ५ गतेबाट केन्द्रीय कमिटी बस्ने

नेकपा एमालेले कार्यदल, केन्द्रीय सचिवालय र केन्द्रीय कमिटीका बैठक बोलाएको छ।