नेभिगेशन
समाज

एमालेमा आजदेखि लगातार बैठक, ५ गतेबाट केन्द्रीय कमिटी बस्ने

काठमाडौं । नेकपा एमालेले कार्यदल, केन्द्रीय सचिवालय र केन्द्रीय कमिटीका बैठक बोलाएको छ। कार्यदल र केन्द्रीय सचिवालयको बैठक आइतबार तथा केन्द्रीय कमिटीको बैठक असोज ५, ६ र ७ गते बस्ने तय भएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार बिहान ९ बजे कार्यदलको बैठक बस्नेछ। त्यसको चार घण्टापछि दिउँसो १ बजे केन्द्रीय सचिवालयको बैठक बस्ने कार्यक्रम छ।

Ncell
Extreme Energy

त्यसपछि असोज ५ गतेदेखि तीन दिनसम्म केन्द्रीय कमिटीको बैठक बस्नेछ। बैठक ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा हुनेछ।

कार्यदल र केन्द्रीय सचिवालयको बैठकपछि केन्द्रीय कमिटी बैठक बस्ने भएकाले त्यसअघि हुने छलफल र निर्णयका विषयसमेत केन्द्रीय कमिटीमा प्रस्तुत हुनेछन्।

एमालेले पछिल्लो समय पार्टीको निर्वाचन समीक्षा तथा पुनर्गठनका विषयमा छलफल गर्दै आएको छ। यही क्रममा पार्टीका विभिन्न तहका बैठक बस्न लागेका हुन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाको सचिवालय बैठक आज

रास्वपाको सचिवालय बैठक आज

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार बस्दैछ।
आज कति पुग्यो अमेरिकी डलरको भाउ ?

आज कति पुग्यो अमेरिकी डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।