नेभिगेशन
समाज

दशैं, तिहार र छठपछि सरकारविरुद्ध जनता सडकमा आउने वर्षमान पुन दाबी

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन ‘अनन्त’ले बालेन शाह नेतृत्वको सरकारविरुद्ध दशैं, तिहार र छठपछि जनता सडकमा उत्रिने दाबी गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेकपा गण्डकी प्रदेश सम्पर्क समितिले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा पुनले सरकार स्वेच्छाचारी, निरंकुश र गैरजिम्मेवार बनेको भन्दै त्यसविरुद्ध जनतामा आक्रोश बढिरहेको दाबी गरे। उनले सरकारविरुद्ध सडकमा उत्रिने जनताको नेतृत्व कसरी गर्ने भन्नेबारे अहिल्यैदेखि तयारी गर्न पार्टी पंक्तिलाई आग्रह गरे।

Ncell
Extreme Energy

पुनले ३५ वर्षमा केही पनि नभएको भन्दै भ्रम फैलाएर शक्तिमा पुगेकाहरू प्राकृतिक विपद्पछिको उद्धार तथा राहतमा असफल भएको आरोप लगाए। किसानलाई मल र आमनागरिकलाई ग्यास उपलब्ध गराउन नसकेको तथा महँगी बढ्दा सरकारको उपस्थिति नदेखिएको उनको भनाइ थियो।

‘३५ वर्षमा के गरे भनेर प्रश्न गर्नेहरूको सरकारले रसुवा बाढीपछि उद्धार र राहतमा के गरे ? जनताको चुल्होमा ग्यास छैन, के गरे ? किसानलाई मल छैन, के गरे ? महँगीले आकाश छोएको छ, के गरे ?’ पुनले भने, ‘यो स्वेच्छाचारी, निरंकुश र असफल सरकारविरुद्ध जनतामा व्यापक आक्रोश र निराशा बढेको छ। दशैं, तिहार र छठपछि जनता स्वतःस्फूर्त रूपमा विद्रोहका लागि सडकमा आउँछन्। हामीले त्यसको व्यवस्थापनका लागि आफूलाई तयारी अवस्थामा राख्नुपर्ने भएको छ।’

सरकारको ‘गलत रवैया’का कारण राष्ट्रियता र राष्ट्रिय स्वाधीनता कमजोर भएको दाबी गर्दै पुनले स्वाधीनता रक्षाका लागि जनताले विद्रोह गर्ने समय आएको बताए।

उनले ३५ वर्षलाई देशको अभिशापका रूपमा व्याख्या गरेर जनता भड्काउनेहरूले त्यही अवधिमा मुलुकको उच्च प्रशासनिक तथा सैनिक नेतृत्वमा रहेर काम गरेका व्यक्तिहरूलाई अहिले खोजी–खोजी महत्वपूर्ण जिम्मेवारी दिइरहेको आरोप लगाए। पछिल्लो राजदूत नियुक्तिमा पनि त्यस्ता व्यक्तिहरूले अवसर पाएको उनको दाबी थियो।

पुनले आफूहरूले पार्टी पुनर्गठन तथा सुदृढीकरण, वाम शक्तिबीच एकता, लोकतान्त्रिक शक्तिबीच सहकार्य तथा व्यवस्था र संविधानको रक्षाका लागि अन्तर्राष्ट्रिय जनमत निर्माणको कामलाई एकैसाथ अघि बढाइरहेको बताए।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीले ‘थ्री डी’ अर्थात् ‘युथ डेमोग्राफी’, ‘डिजिटल ट्रान्सफर्मेसन’ र ‘डायस्पोरा’लाई प्रयोग गर्दै स्थापित दलविरुद्ध ३५ वर्षमा केही पनि नभएको भन्ने धारणा स्थापित गर्न सफल भएको दाबी गरे। आफूहरू पनि यी क्षेत्रमा बलियो उपस्थिति जनाउने कार्ययोजनासहित अघि बढिरहेको उनको भनाइ थियो।

आगामी महाधिवेशनपछि पार्टीका सबै संरचनामा ५० प्रतिशत युवा सहभागिता सुनिश्चित गर्ने तथा रोजगारी र अध्ययनका क्रममा विश्वभर छरिएका नेपालीका एजेन्डालाई पार्टीले अघि बढाउने पुनले बताए।

नेपालको जनसंख्याको करिब ४५ प्रतिशत हिस्सा १५ देखि ३९ वर्ष उमेर समूहले ओगटेको उल्लेख गर्दै उनले उक्त समूहलाई नेतृत्वदायी भूमिकामा ल्याउने गरी आफूहरूले बहस अघि बढाइरहेको बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
असोज ८ देखि १२ सम्म भारी वर्षाको जोखिम, पूर्वदेखि पश्चिमसम्म सतर्क रहन मौसमविद्ले गरे आग्रह

असोज ८ देखि १२ सम्म भारी वर्षाको जोखिम, पूर्वदेखि पश्चिमसम्म सतर्क रहन मौसमविद्ले गरे आग्रह

मौसमविद् विनोद पोखरेलले असोज ८ देखि १२ गतेसम्म नेपालका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले पूर्वदेखि पश्चिमसम्म सतर्कता अपनाउन आग्रह गरेका छन्।
पूर्णबहादुरको साथले गगन बने थप शक्तिशाली

पूर्णबहादुरको साथले गगन बने थप शक्तिशाली

एक वर्षअघिको जेनजी आन्दोलनले उथलपुथल पारेको पार्टी हो– नेपाली कांग्रेस । एक वर्षको बीचमा कांग्रेसले यति धेरै हण्डर ठक्कर खायो कि, यसकै नेताहरुले कल्पनासम्म गरेका थिएनन् ।
४३ जिल्लाका ३३९६ वडामा कांग्रेसले सक्यो अधिवेशन

४३ जिल्लाका ३३९६ वडामा कांग्रेसले सक्यो अधिवेशन

नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशन प्रक्रिया सुरु भएको छ। असोज ३ गतेबाट सुरु भएको वडा अधिवेशनअन्तर्गत ४३ जिल्लाका ३३९६ वडामा निर्वाचन सकिएको केन्द्रीय निर्वाचन समितिले...