नेभिगेशन
समाज

४३ जिल्लाका ३३९६ वडामा कांग्रेसले सक्यो अधिवेशन

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशन प्रक्रिया सुरु भएको छ। असोज ३ गतेबाट सुरु भएको वडा अधिवेशनअन्तर्गत ४३ जिल्लाका ३३९६ वडामा निर्वाचन सकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निर्वाचन समितिका अनुसार वडा अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। असोज १६ देखि १९ गतेसम्म हुने १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत निर्वाचन कार्यक्रम अघि बढाइएको हो।

Ncell
Extreme Energy

समितिले सार्वजनिक गरेको विवरणअनुसार ताप्लेजुङ, पाँचथर, संखुवासभा, धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर, काठमाडौं, गोरखा, कास्की, मनाङ, पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर र कैलालीका वडामा अधिवेशन सम्पन्न भएको हो।

केन्द्रीय निर्वाचन समितिका अनुसार रसुवा, नुवाकोट र धादिङबाहेक अन्य ३१ जिल्लामा वडा अधिवेशन असोज ४ गते पनि जारी रहनेछ।

कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तय गरेको छ। वडा अधिवेशनसँगै महाधिवेशनका लागि आवश्यक प्रतिनिधि चयनको प्रक्रिया अघि बढेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
असोज ८ देखि १२ सम्म भारी वर्षाको जोखिम, पूर्वदेखि पश्चिमसम्म सतर्क रहन मौसमविद्ले गरे आग्रह

असोज ८ देखि १२ सम्म भारी वर्षाको जोखिम, पूर्वदेखि पश्चिमसम्म सतर्क रहन मौसमविद्ले गरे आग्रह

मौसमविद् विनोद पोखरेलले असोज ८ देखि १२ गतेसम्म नेपालका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले पूर्वदेखि पश्चिमसम्म सतर्कता अपनाउन आग्रह गरेका छन्।
पूर्णबहादुरको साथले गगन बने थप शक्तिशाली

पूर्णबहादुरको साथले गगन बने थप शक्तिशाली

एक वर्षअघिको जेनजी आन्दोलनले उथलपुथल पारेको पार्टी हो– नेपाली कांग्रेस । एक वर्षको बीचमा कांग्रेसले यति धेरै हण्डर ठक्कर खायो कि, यसकै नेताहरुले कल्पनासम्म गरेका थिएनन् ।
दशैं, तिहार र छठपछि सरकारविरुद्ध जनता सडकमा आउने वर्षमान पुन दाबी

दशैं, तिहार र छठपछि सरकारविरुद्ध जनता सडकमा आउने वर्षमान पुन दाबी

नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन ‘अनन्त’ले बालेन शाह नेतृत्वको सरकारविरुद्ध दशैं, तिहार र छठपछि जनता सडकमा उत्रिने दाबी गरेका छन्।