नेभिगेशन
समाज

असोज ८ देखि १२ सम्म भारी वर्षाको जोखिम, पूर्वदेखि पश्चिमसम्म सतर्क रहन मौसमविद्ले गरे आग्रह

काठमाडौं । मौसमविद् विनोद पोखरेलले असोज ८ देखि १२ गतेसम्म नेपालका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले पूर्वदेखि पश्चिमसम्म सतर्कता अपनाउन आग्रह गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार बंगालको खाडीमा बन्न लागेको न्यूनचापीय प्रणाली नेपालतर्फ आउने प्रक्षेपण रहेकाले बिहीबारदेखि सोमबारसम्म वर्षाको सम्भावना छ। विशेषगरी बिहीबार, शुक्रबार र शनिबार भारी वर्षाको जोखिम बढी देखिएको उनले बताएका छन्।

Ncell
Extreme Energy

‘बिहीबारदेखि सोमबारसम्म धेरै लामो समय पानी पर्न सक्छ। बिहीबार, शुक्रबार र शनिबार अलि धेरै नै जोखिम देखिन्छ,’ पोखरेलले भने।

विभिन्न मौसम पूर्वानुमान मोडलले वर्षाको क्षेत्र र मात्रा फरक–फरक देखाए पनि नेपालका धेरै क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको उनले बताए। उनका अनुसार एउटा मोडलले पूर्व र पश्चिम दुवै क्षेत्रमा वर्षा देखाएको छ भने युरोपियन मोडलले मध्य तथा पश्चिम नेपालतर्फ बढी वर्षाको संकेत गरेको छ।

पोखरेलका अनुसार केही मोडलले चार–पाँच दिनको अवधिमा करिब ५०० मिलिमिटरसम्म वर्षा हुन सक्ने प्रक्षेपण गरेका छन्। एकै दिन ५०० मिलिमिटर वर्षा हुने नभए पनि यस्तो प्रक्षेपणले लामो अवधिमा अत्यधिक वर्षाको जोखिम देखाउने उनको भनाइ छ।

उनले विभिन्न मोडलको प्रक्षेपणअनुसार लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना तुलनात्मक रूपमा बढी देखिएको बताए। केही मोडलले धनगढीमा करिब ६७१ मिलिमिटर तथा धनकुटा क्षेत्रमा करिब ६०४ मिलिमिटर वर्षाको सम्भावना देखाएको उनले उल्लेख गरे। अर्को मोडलले लुम्बिनी क्षेत्रमा करिब ३०० मिलिमिटर वर्षाको प्रक्षेपण गरेको छ।

तर अहिलेको प्रक्षेपणलाई निश्चित स्थानमा यति नै पानी पर्छ भनेर बुझ्न नहुने उनले बताए। मौसम प्रणालीको अवस्थामा सामान्य परिवर्तन हुँदा वर्षाको मात्रा र क्षेत्रसमेत फरक पर्न सक्ने भएकाले समग्रमा सतर्क रहनुपर्ने उनको भनाइ छ।

पोखरेलका अनुसार न्यूनचापीय प्रणाली चक्रवातमा विकसित हुने सम्भावना न्यून रहे पनि उक्त प्रणाली नेपालसम्म आएर लामो समय वर्षा गराउन सक्ने जोखिम छ। प्रणाली सुस्त गतिमा अघि बढे वर्षा लामो समयसम्म जारी रहन सक्ने र त्यसले बाढी तथा पहिरोको जोखिम बढाउने उनले बताए।

मनसुनको अन्त्यतिर जमिन पहिल्यै भिजिसकेको अवस्थामा थप भारी वर्षा हुँदा बाढी, पहिरो र डुबानको जोखिम अझ बढ्न सक्ने उनले बताए। दुई वर्षअघि २०८१ असोज ११ र १२ गते काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा भएको बाढीको घटनाबाट समेत पाठ सिकेर पूर्वतयारी गर्नुपर्ने उनको भनाइ छ।

‘यो कुनै डर फैलाउनका लागि होइन, सचेत गराउन र अलिकति पूर्वतयारी गरौँ भनेर यो भिडियो बनाएको हुँ,’ पोखरेलले भने।

उनले लामो दूरीको यात्रा सकेसम्म नगर्न, किसानलाई आफ्नो बाली जोगाउन सम्भव भएसम्म पूर्वतयारी गर्न र जोखिमयुक्त क्षेत्रमा आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।

सरकारले पनि पूर्वानुमान थप स्पष्ट भएपछि जोखिमयुक्त क्षेत्र पहिचान गरी आवश्यक सुरक्षा उपाय अपनाउनुपर्ने उनले बताए। उनका अनुसार वर्षा रोक्न नसकिए पनि समयमै पूर्वतयारी र जोखिम न्यूनीकरणका उपाय अपनाएर जनधनको क्षति कम गर्न सकिन्छ।

मौसमविद् पोखरेलले पछिल्लो पूर्वानुमानमा केही परिवर्तन हुन सक्ने भएकाले मौसम पूर्वानुमान महाशाखा तथा सम्बन्धित निकायबाट जारी हुने थप सूचनालाई ध्यान दिन आग्रह गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गगन थापाको नेतृत्वमा सुरु भएको पार्टीको महाधिवेशनमा मेरो सहभागिता छैन– पूर्णबहादुर खड्का

गगन थापाको नेतृत्वमा सुरु भएको पार्टीको महाधिवेशनमा मेरो सहभागिता छैन– पूर्णबहादुर खड्का

नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले सभापति गगन थापाको नेतृत्वमा सुरु भएको पार्टीको महाधिवेशनका कुनै पनि प्रक्रियामा आफू सहभागी नहुने बताएका छन्।
२२ वर्षदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना फेरि अघि बढाइँदै

२२ वर्षदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना फेरि अघि बढाइँदै

दुई दशकभन्दा लामो समयदेखि रोकिएको धुलिखेल एकीकृत जग्गा विकास आयोजना पुनः कार्यान्वयनको प्रक्रियामा अघि बढाइएको छ।
अब यी रुटमा पनि चल्नेछन् रात्रिकालीन साझा बस

अब यी रुटमा पनि चल्नेछन् रात्रिकालीन साझा बस

साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्दै शनिबारदेखि थप रुटमा २८ वटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ। संविधान दिवसको अवसर पारेर कम्पनीले रात्रिकालीन सेवा चार...
पूर्णबहादुरको साथले गगन बने थप शक्तिशाली

पूर्णबहादुरको साथले गगन बने थप शक्तिशाली

एक वर्षअघिको जेनजी आन्दोलनले उथलपुथल पारेको पार्टी हो– नेपाली कांग्रेस । एक वर्षको बीचमा कांग्रेसले यति धेरै हण्डर ठक्कर खायो कि, यसकै नेताहरुले कल्पनासम्म गरेका थिएनन् ।