नेभिगेशन
समाज

गगन थापाको नेतृत्वमा सुरु भएको पार्टीको महाधिवेशनमा मेरो सहभागिता छैन– पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले सभापति गगन थापाको नेतृत्वमा सुरु भएको पार्टीको महाधिवेशनका कुनै पनि प्रक्रियामा आफू सहभागी नहुने बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै खड्काले विशेष महाधिवेशन र त्यसबाट निर्वाचित सभापति तथा कार्यसमिति पार्टी विधान, राजनीतिक दलसम्बन्धी ऐन र निर्वाचन आयोगले विगतमा स्थापित गरेको नजिरविपरीत भएको दाबी गर्दै आफूहरू सर्वोच्च अदालत गएको उल्लेख गरेका छन्।

Ncell
Extreme Energy

त्यही कारण प्रतिनिधिसभा निर्वाचनमा पनि गगन थापाको हस्ताक्षरको टिकट लिएर चुनाव लड्नु आफूलाई ‘चरम अनैतिक’ लागेकाले उम्मेदवार नबनेको उनले बताएका छन्। अहिले महाधिवेशनको सन्दर्भमा पनि उस्तै परिस्थिति सिर्जना भएकाले सहभागी नभएको उनको भनाइ छ।

खड्काका अनुसार सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरावलोकनका लागि निस्सा दिएपछि उक्त मुद्दा विचाराधीन रहेकै अवस्थामा महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै उनीहरूले निवेदन दिएका थिए। तर अदालतले महाधिवेशन रोक्न आवश्यक नदेखिएको भन्दै रिट जारी नगरेपछि कांग्रेसका नाममा दुईवटा महाधिवेशन हुने अवस्था बनेको उनले बताएका छन्।

उनले यसबाट पार्टी विभाजनको अवस्था आउन सक्ने भन्दै विभाजन रोक्न आफूहरू अन्तिम प्रयासमा रहेको बताएका छन्। साथै, विचाराधीन पुनरावलोकनको मुद्दालाई परिस्थितिको गम्भीरता मूल्यांकन गरी अग्राधिकार दिएर यथाशीघ्र अन्तिम फैसला गर्न प्रधानन्यायाधीश तथा न्यायाधीशहरूसँग आग्रह गरेका छन्।

खड्काले सर्वोच्च अदालतको अन्तिम फैसला आफूहरूलाई स्वीकार्य हुने बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भरत दाहाल पक्राउ

भरत दाहाल पक्राउ

राजनीतिक विषयमा टिप्पणी गरिरहने भरत दाहाल पक्राउ परेका छन् ।
सुरु भयो रास्वपा सचिवालय बैठक

सुरु भयो रास्वपा सचिवालय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सुरू भएको छ।
सुनको मूल्य तोलामा २१ सय रुपैयाँ बढ्यो

सुनको मूल्य तोलामा २१ सय रुपैयाँ बढ्यो

आइतबार सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँले बढेको छ।
ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन’

ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन’

नेकपा एमालेका नेता सूर्य थापाले पार्टीका नेताहरूले अध्यक्ष केपी शर्मा ओलीकै प्यानलबाट निर्वाचित भएकाले अहिले पार्टी पुनर्गठनको कुरा गर्न नमिल्ने बताएका छन्।