नेभिगेशन
समाज

धनकुटामा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिकामा यात्रुवाहक सुमो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

छथरजोरपाटी गाउँपालिका–३ बन्चरेस्थित काजीमाने–धनकुटा भित्री सडकखण्डमा आइतबार बिहान करिब ८:१५ बजे को १ ज २४९४ नम्बरको सुमो दुर्घटना भएको हो।

Ncell
Extreme Energy

काजीमानेबाट धनकुटातर्फ आउँदै गरेको सुमो ब्रेक फेल भएर सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा छथरजोरपाटी गाउँपालिका–३ की करिब ६० वर्षीया शोकमाया लिम्बुको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा घाइते हुनेमा चालक धनकुटा नगरपालिका–९ गुठीटारका ३१ वर्षीय खगेन्द्र खत्री, छथरजोरपाटी–४ की ४० वर्षीया धनमाया राई र उनका ७ वर्षीय छोरा न्युहाङ सुब्बा छन्।

त्यस्तै छथरजोरपाटी–४ की ३३ वर्षीया पुनम लिम्बु र उनकी २ वर्षीया छोरी आरध्या लिम्बु, सोही वडाका २६ वर्षीय आइन्द्र लिम्बु, छथरजोरपाटी–३ का २७ वर्षीय भवानी लिम्बु, ४७ वर्षीय हेमबहादुर लिम्बु, छथरजोरपाटी–४ का ३० वर्षीय अबिन लिम्बु र छथरजोरपाटी–३ का २१ वर्षीय आशिष लिम्बु घाइते भएका छन्।

घाइतेमध्ये आशिषको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। अन्यको अवस्था सामान्यदेखि मध्यम रहेको छ।

दुर्घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षक रामप्रसाद खनालको कमाण्डमा टोली घटनास्थल पुगेको थियो। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनाका कारण सडक अवरुद्ध नभएको र दुर्घटनाग्रस्त सुमो निकाल्ने पहल भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काँस फुलेको याम (तस्बिरकथा)

काँस फुलेको याम (तस्बिरकथा)

मनसुनको प्रभाव पूर्ण रूपमा हटिनसके पनि काठमाडौँ उपत्यकाका खुला डाँडाकाँडा, मैदान तथा नदी किनारका क्षेत्रमा काँस फुल्न थालेका छन्।
भरत दाहाल पक्राउ

भरत दाहाल पक्राउ

राजनीतिक विषयमा टिप्पणी गरिरहने भरत दाहाल पक्राउ परेका छन् ।
सुरु भयो रास्वपा सचिवालय बैठक

सुरु भयो रास्वपा सचिवालय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सुरू भएको छ।
सुनको मूल्य तोलामा २१ सय रुपैयाँ बढ्यो

सुनको मूल्य तोलामा २१ सय रुपैयाँ बढ्यो

आइतबार सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँले बढेको छ।