नेभिगेशन
समाज

परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना

काठमाडौं । जलवायु परिवर्तन र वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बढ्दो जलवायु परिवर्तन र त्यसबाट नेपालमा परिरहेको प्रभावलाई ध्यानमा राख्दै मन्त्रालयले वर्तमान आवश्यकता सम्बोधन गर्न नयाँ शाखा स्थापना गर्ने निर्णय गरेको हो।

Ncell
Extreme Energy

मन्त्रालयले गरेको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) का आधारमा संयुक्त राष्ट्रसंघ तथा विशिष्टीकृत संघसंस्था महाशाखाअन्तर्गत ‘आर्थिक, सामाजिक विकास तथा वातावरण कूटनीति शाखा’को संरचना रहने व्यवस्था गरिएको छ। उक्त शाखाको नेतृत्व उपसचिवले गर्नेछन्।

नेपालले जलवायु परिवर्तन तथा वातावरण संरक्षणका विषयमा राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा निरन्तर सक्रिय सहभागिता जनाउँदै आएको छ। यस्ता प्रयासलाई थप समन्वित र संस्थागत रूपमा अघि बढाउन मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना गरिएको हो।

नयाँ शाखाले जलवायु तथा वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय कूटनीतिक पहलमा सहजीकरण गर्नुका साथै सम्बन्धित राष्ट्रिय निकायसँग समन्वय गर्नेछ।

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु कूटनीतिलाई अन्तर्राष्ट्रिय सम्मेलन तथा कार्यक्रममा सहभागितामा मात्र सीमित नराखी दीर्घकालीन र संस्थागत प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताएका छन्।

‘नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा जलवायु कूटनीतिका बारेमा लगातार काम गर्दै आएको छ। अब यसलाई थप संस्थागत रूपमा अघि बढाउन आवश्यक छ,’ उनले भने, ‘संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्मेलन (कोप) देखि कोपसम्म वा अन्य कार्यक्रममा सहभागिता जनाउनेमा मात्र केन्द्रित गरेर जलवायु कूटनीति अघि बढाएर पुग्दैन।’

मन्त्री खनालले मुलुकको दीर्घकालीन हितलाई केन्द्रमा राखेर जलवायु कूटनीतिलाई संस्थागत रूपमा अघि बढाउनुपर्ने बताए। हालका लागि मन्त्रालयमा वातावरण कूटनीति शाखामार्फत काम अघि बढाइने र भविष्यमा आवश्यकता तथा कार्यबोझका आधारमा यसको संस्थागत संरचनालाई थप सुदृढ गर्न सकिने उनको भनाइ छ।

उनले जलवायु परिवर्तनका प्रभाव तथा विपद्का घटनासँग सम्बन्धित विषयमा मात्र नभई नियमित रूपमा जलवायु कूटनीतिका प्राथमिकता र पहललाई अघि बढाउनुपर्नेमा जोड दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काँस फुलेको याम (तस्बिरकथा)

काँस फुलेको याम (तस्बिरकथा)

मनसुनको प्रभाव पूर्ण रूपमा हटिनसके पनि काठमाडौँ उपत्यकाका खुला डाँडाकाँडा, मैदान तथा नदी किनारका क्षेत्रमा काँस फुल्न थालेका छन्।
भरत दाहाल पक्राउ

भरत दाहाल पक्राउ

राजनीतिक विषयमा टिप्पणी गरिरहने भरत दाहाल पक्राउ परेका छन् ।
सुरु भयो रास्वपा सचिवालय बैठक

सुरु भयो रास्वपा सचिवालय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सुरू भएको छ।
सुनको मूल्य तोलामा २१ सय रुपैयाँ बढ्यो

सुनको मूल्य तोलामा २१ सय रुपैयाँ बढ्यो

आइतबार सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँले बढेको छ।