नेभिगेशन
समाज

परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना

काठमाडौँ ।  जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पछिल्लो समय बढ्दो जलवायु परिवर्तन र यसले पारिरहेको प्रभावलाई मध्यनजर राख्दै अहिलेको आवश्यकता अनुसार मन्त्रालयले यो शाखा स्थापना गर्ने निर्णय गरेको हो । 

Ncell
Extreme Energy

मन्त्रालयले गरेको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) का आधारमा संयुक्त राष्ट्रसंघ तथा विशिष्टीकृत संघसंस्था महाशाखाअन्तर्गत ‘आर्थिक, सामाजिक विकास तथा वातावरण कूटनीति शाखा’को संरचनाअन्तर्गत उक्त शाखा रहने व्यवस्था गरिएको हो। शाखाको नेतृत्व उपसचिवले गर्नुहुनेछ।

नेपालले जलवायु परिवर्तन तथा वातावरण संरक्षणका विषयमा राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा निरन्तर रूपमा सक्रिय सहभागिता जनाउँदै आएको छ। यसै प्रयासलाई थप समन्वित र संस्थागत रूपमा अघि बढाउन परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना गरिएको हो।  परराष्ट्र मन्त्रालयमा स्थापना गरिएको नयाँ शाखाले जलवायु तथा वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय कूटनीतिक पहलमा सहजीकरण गर्नुका साथै सम्बन्धित राष्ट्रिय निकायहरूसँग समन्वय गर्नेछ।

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु कूटनीतिलाई अन्तर्राष्ट्रिय सम्मेलन तथा कार्यक्रमहरूमा सहभागितामा मात्र सीमित नराखी दीर्घकालीन र संस्थागत प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताए । ‘नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु कूटनीतिका बारेमा लगातार रूपमा काम गर्दै आएको छ। अब यसलाई थप संस्थागत रूपमा अघि बढाउन आवश्यक छ,’ उनले भने, ‘संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्मेलन (कोप) देखि कोपसम्म वा अन्य कार्यक्रमहरूमा सहभागिता जनाउनेमा मात्र केन्द्रित गरेर जलवायु कूटनीति अघि बढाएर पुग्दैन।’

उनले यसलाई संस्थागत रूपमा अघि बढाउनै पर्छ। मुलुकको दीर्घकालीन हितलाई केन्द्रमा राखेर हालका लागि मन्त्रालयमा वातावरण कूटनीति शाखा खडा गरिएको बताए । मन्त्री खनालले जलवायु परिवर्तनका प्रभाव तथा विपद्का घटनासँग सम्बन्धित विषयमा मात्र नभई नियमित रूपमा जलवायु कूटनीतिका प्राथमिकता र पहललाई अघि बढाउँदै लैजानुपर्नेमा जोड दिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
‘जीवनमा सबै दिन युद्धका दिन हुँदैनन्, कहिलेकाहीँ एकअर्काको सहारा चाहिन्छ’

‘जीवनमा सबै दिन युद्धका दिन हुँदैनन्, कहिलेकाहीँ एकअर्काको सहारा चाहिन्छ’

एमाले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले संकटका बेला एकअर्कालाई सहयोग गर्दै अघि बढ्नुपर्ने बताएकी छन्।
ऊर्जामन्त्री श्रेष्ठले लामिछानेबाट लिए सचिवालय सदस्यको शपथ

ऊर्जामन्त्री श्रेष्ठले लामिछानेबाट लिए सचिवालय सदस्यको शपथ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य र केन्द्रीय सदस्य पदको शपथ लिएका छन् ।
ब्युँतिँदै छ धुलिखेल जग्गा विकास आयोजना

ब्युँतिँदै छ धुलिखेल जग्गा विकास आयोजना

धुलिखेल नगरपालिका–४ स्थित बाँसघारी र छापगाउँमा सञ्चालित धुलिखेल एकीकृत जग्गा विकास आयोजना दुई दशकभन्दा लामो समयदेखि रोकिएपछि पुनः कार्यान्वयनको प्रक्रियामा अघि बढाइएको छ।
जिप दुर्घटनामा वृद्धाको मृत्यु, सात जना घाइते

जिप दुर्घटनामा वृद्धाको मृत्यु, सात जना घाइते

सिरानचोक गाउँपालिका–२ थालाजुङमा आज बिहान भएको जिप दुर्घटनामा एक वृद्धाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।