नेभिगेशन
समाज

जिप दुर्घटनामा वृद्धाको मृत्यु, सात जना घाइते

गोरखा । सिरानचोक गाउँपालिका–२ थालाजुङमा आज बिहान भएको जिप दुर्घटनामा एक वृद्धाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भच्चेकबाट चित्रेपोखरीतर्फ जाँदै गरेको दुर्घटना हुँदा जिपले च्यापिएर थालाजुङ काउलेकी ८१ वर्षीया लालमाया गुरुङको मृत्यु भएको थालाजुङका वडाध्यक्ष खुसीमान गुरुङले जानकारी दिए । 

Ncell
Extreme Energy

दुर्घटनामा सिरानचोक गाउँपालिका–७ का ६८ वर्षीय कमलबहादुर घिमिरे गम्भीर घाइते भएका छन्। सोही ठाउँका ४८ वर्षीया सीता पाण्डे, ४८ वर्षीय लोकबहादुर खड्का र ७३ वर्षीय कुलबहादुर सार्की घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

यसैगरी,  सिरानचोक–६ सिम्लेका ६८ वर्षीया सीता गुरुङ तथा वडा नं ७ डाँडागाउँकी २७ वर्षीया रोजिना नेपाली र उनकी दुई वर्षीया छोरी रेविका नेपाली घाइते भएका छन् । सबै घाइतेको प्रदेश अस्पतालमा उपचार भइरहेको छ । जिप चालक विकास गुरुङ प्रहरी नियन्त्रणमा छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सभापतिमा गगनको विकल्प छैनः भट्टराई

सभापतिमा गगनको विकल्प छैनः भट्टराई

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले पार्टीको सभापतिमा गगन थापा निर्विकल्प भएको बताएका छन् ।
एमाले सचिवालय बैठक दिउँसो ३ बजेलाई सारियो

एमाले सचिवालय बैठक दिउँसो ३ बजेलाई सारियो

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकको समय सारिएको छ। पार्टी सचिव महेश बस्नेतका अनुसार बैठक आजै दिउँसो ३ बजे बस्ने बस्नेछ।
‘जीवनमा सबै दिन युद्धका दिन हुँदैनन्, कहिलेकाहीँ एकअर्काको सहारा चाहिन्छ’

‘जीवनमा सबै दिन युद्धका दिन हुँदैनन्, कहिलेकाहीँ एकअर्काको सहारा चाहिन्छ’

एमाले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले संकटका बेला एकअर्कालाई सहयोग गर्दै अघि बढ्नुपर्ने बताएकी छन्।
ऊर्जामन्त्री श्रेष्ठले लामिछानेबाट लिए सचिवालय सदस्यको शपथ

ऊर्जामन्त्री श्रेष्ठले लामिछानेबाट लिए सचिवालय सदस्यको शपथ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य र केन्द्रीय सदस्य पदको शपथ लिएका छन् ।