नेभिगेशन
समाज

‘जीवनमा सबै दिन युद्धका दिन हुँदैनन्, कहिलेकाहीँ एकअर्काको सहारा चाहिन्छ’

काठमाडौं । एमाले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले संकटका बेला एकअर्कालाई सहयोग गर्दै अघि बढ्नुपर्ने बताएकी छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै झाँक्रीले जीवनमा सबै दिन युद्ध र प्रतिस्पर्धाका दिन नहुने भन्दै कठिन परिस्थितिमा एकअर्काको सहारा आवश्यक पर्ने बताएकी हुन्। उनले पार्टी पुनर्गठनको मुद्दा पेचिलो बनिरहेका बेला यस्तो सन्दर्भ उल्लेख गरेकी हुन्।

Ncell
Extreme Energy

‘कुनै दिन आफैंलाई कसैको हात चाहिन्छ। कुनै दिन आफैंलाई बाटो देखाउने, “म छु नि” भन्ने मान्छे चाहिन्छ,’ उनले लेखेकी छन्, ‘जीवनमा सबै दिन युद्धका दिन हुँदैनन्। सबै दिन प्रतिस्पर्धाका दिन पनि हुँदैनन्। केही दिन यस्ता आउँछन्, जब हामीलाई जित्न होइन, बाँच्नका लागि एक–अर्काको सहारा आवश्यकता पर्छ।’

उनले आज बलियो देखिएको व्यक्ति भोलि आफै कमजोर हुन सक्ने र आज शक्तिमा रहेको व्यक्तिले पनि कुनै दिन अरूको हात समात्नुपर्ने अवस्था आउन सक्ने उल्लेख गरेकी छन्। संकटमा कसैलाई ढालेर नभई ढल्न लागेको व्यक्तिलाई हात दिएर उठाउँदा मात्रै समाज बलियो हुने उनको भनाइ छ।

‘समाजमा हाम्रो वास्तविक परीक्षा हामी कति शक्तिशाली छौँ भन्नेमा होइन, हामी कमजोर हुँदा एक–अर्कालाई कति सम्हाल्न सक्छौँ भन्नेमा हुन्छ,’ उनले लेखेकी छन्।

झाँक्रीले बाढी तथा विपद्ले धनी–गरिब, बलियो–कमजोर वा आफ्ना–पराया नछुट्याउने उल्लेख गर्दै विपद्को समयमा पुरानो रिस, प्रतिस्पर्धा र अहंकारको अर्थ नहुने बताएकी छन्।

‘फ्ल्यास फ्लडले कसैलाई सोधेर आउने रहेनछ। त्यसले बलियो र कमजोर पनि नछुट्याउने रहेछ। धनी र गरिब, आफ्ना र पराया कसैलाई नछुट्याउने रहेछ,’ उनले भनेकी छन्।

उनले अहिलेको परिस्थितिले समाज कस्तो बनाउँदै छौँ भन्ने प्रश्न उठाएको भन्दै अरूलाई प्रश्न गर्नुअघि आफैलाई प्रश्न गर्नुपर्ने बताएकी छन्। समय खराब भए त्यसलाई बदल्ने र मानिसहरू नै खराब हुँदै गएको भए फर्कने बाटो खोज्ने जिम्मेवारी पनि आफूहरूकै भएको उनको भनाइ छ।

झाँक्रीले संकटमा कसैको हात समात्ने, उठाउने र बाँच्न सकिन्छ भन्ने विश्वास दिलाउने संस्कार विकास गर्नुपर्नेमा जोड दिएकी छन्।

‘जीवनमा सबैसँग सधैँ जित्न सकिँदैन। तर सबैसँग मिलेर बाँच्न सकिन्छ,’ उनले लेखेकी छन्, ‘कहिलेकाहीँ एउटा हातले अर्को हात समात्नु नै सबैभन्दा ठूलो राजनीति हुन्छ।’

विपद्का बेला पीडितलाई लुट्ने, ढलेको व्यक्तिलाई सहयोग गर्नुको सट्टा थप पीडा दिने प्रवृत्तिको अन्त्य हुनुपर्ने भन्दै उनले मानवीय सहयोगलाई प्राथमिकता दिन आग्रह गरेकी छन्।

‘जीवनको अर्थ केवल आफू बाँच्नुमा छैन। हामीसँगै अरूलाई बचाउनुमा छ, बाँच्न सक्ने बनाउनुपर्छ,’ उनले लेखेकी छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रहरी भन्छ– १,४३६ शव भेटियो, ४,६५५ को खोजी जारी

प्रहरी भन्छ– १,४३६ शव भेटियो, ४,६५५ को खोजी जारी

पत्ता भएका चार हजार ६५५ जनाको खोजी भइरहेको छ ।
सभापतिमा गगनको विकल्प छैनः भट्टराई

सभापतिमा गगनको विकल्प छैनः भट्टराई

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले पार्टीको सभापतिमा गगन थापा निर्विकल्प भएको बताएका छन् ।
एमाले सचिवालय बैठक दिउँसो ३ बजेलाई सारियो

एमाले सचिवालय बैठक दिउँसो ३ बजेलाई सारियो

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकको समय सारिएको छ। पार्टी सचिव महेश बस्नेतका अनुसार बैठक आजै दिउँसो ३ बजे बस्ने बस्नेछ।
ऊर्जामन्त्री श्रेष्ठले लामिछानेबाट लिए सचिवालय सदस्यको शपथ

ऊर्जामन्त्री श्रेष्ठले लामिछानेबाट लिए सचिवालय सदस्यको शपथ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य र केन्द्रीय सदस्य पदको शपथ लिएका छन् ।