नेभिगेशन
समाज

एमाले सचिवालय बैठक दिउँसो ३ बजेलाई सारियो

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकको समय सारिएको छ। पार्टी सचिव महेश बस्नेतका अनुसार बैठक आजै दिउँसो ३ बजे बस्ने बस्नेछ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्यदलको बैठक लम्बिएका कारण सचिवालय बैठकको समय सारिएको उनको भनाइ छ। कार्यदलको बैठक भने अहिले सकिएको छ।

Ncell
Extreme Energy

एमाले पुनर्गठन कार्यदलमा महासचिव शंकर पोखरेल र उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले प्रतिवेदन प्रस्तुत गरेका थिए। नेता प्रदीप ज्ञवालीले पनि छुट्टै प्रतिवेदन तयार पारेका छन्।

बस्नेतका अनुसार रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल र शंकर पोखरेलले प्रतिवेदनमा आएका सुझाव समेटेर साझा धारणा तयार गर्ने र त्यसपछि सचिवालय बैठक बस्ने तयारी छ।

उनले प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने र विशेष महाधिवेशन गर्ने विषय समावेश नहुने दाबीसमेत गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमाले कार्यदलका बहुमत नेता यी तीन विषयमा, माइन्युट लेख्न बाँकी

एमाले कार्यदलका बहुमत नेता यी तीन विषयमा, माइन्युट लेख्न बाँकी

नेकपा एमाले पुनर्गठन कार्यदलका सदस्य तीन विषयमा साझा धारणामा पुगेका छन्। एक नेताले दिएको जानकारी अनुसार आइतबार बिहानबाट सुरू भएको कार्यदल बैठकमा बहुमत सदस्य १३ वटा समूहबाट आएका...
प्रहरी भन्छ– १,४३६ शव भेटियो, ४,६५५ को खोजी जारी

प्रहरी भन्छ– १,४३६ शव भेटियो, ४,६५५ को खोजी जारी

पत्ता भएका चार हजार ६५५ जनाको खोजी भइरहेको छ ।
सभापतिमा गगनको विकल्प छैनः भट्टराई

सभापतिमा गगनको विकल्प छैनः भट्टराई

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले पार्टीको सभापतिमा गगन थापा निर्विकल्प भएको बताएका छन् ।
‘जीवनमा सबै दिन युद्धका दिन हुँदैनन्, कहिलेकाहीँ एकअर्काको सहारा चाहिन्छ’

‘जीवनमा सबै दिन युद्धका दिन हुँदैनन्, कहिलेकाहीँ एकअर्काको सहारा चाहिन्छ’

एमाले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले संकटका बेला एकअर्कालाई सहयोग गर्दै अघि बढ्नुपर्ने बताएकी छन्।