नेभिगेशन
नेताका कुरा

सभापतिमा गगनको विकल्प छैनः भट्टराई

तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले पार्टीको सभापतिमा गगन थापा निर्विकल्प भएको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तनहुँमा वडा अधिवेशनको उद्घाटन गर्दै नेता भट्टराईले कांग्रेस एक भएर जानुको विकल्प नभएको र बदलिएको अवस्थामा पार्टीको संगठन ढाँचा र कार्यशैली परिवर्तन आवश्यक रहेको बताए । ‘यो सबैका लागि पार्टी नेतृत्व बलियो हुनु आवश्यक छ’, उनले भने, ‘महाधिवेशनमा अरु पदमा प्रतिस्पर्धा भए पनि सभापतिमा गगनजी निर्विकल्प हुनुहुन्छ।’

Ncell
Extreme Energy

नेता भट्टराईले नयाँ भनिए पनि रास्वपाको नेतृत्वले ग्यास अभाव, सुकुम्बासी व्यवस्थापन, विपद्को उद्धारलगायतमा नेतृत्व दिन नसकेको भन्दै अब एकीकृत र कार्यशैली फेरिएको कांग्रेसमार्फत १५ औं महाधिवेशनपछि स्थानीय र प्रदेश हुँदै संघमा कांग्रेसले सफल नेतृत्व दिने बताए ।

नेता भट्टराईले युवा र बलियो सरकार भए पनि रास्वपा नेतृत्वले विपद्लगत्तै उद्धारमा विदेशी विज्ञको सहायता लिएको भए धेरै ज्यान बच्न सक्ने भए पनि नेतृत्वले हठ लिँदा अहिले शव झिक्नुपर्ने बाध्यता आएको बताए ।

अहिले काम गर्ने कर्मचारीतन्त्रमाथि समेत थिचोमिचो भएको भन्दै उनले तानाशाही लाद्न खोजिएको जिकिर गरे ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा समस्या देखिए उपचारका लागि काठमाडौँ वा भारतका विभिन्न सहर पुग्नुपर्ने बाध्यता थियो।
करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकका विजेता आज घोषणा गरिँदैछ।
लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्।
अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ।