नेभिगेशन
समाज

एमाले कार्यदलका बहुमत नेता यी तीन विषयमा, माइन्युट लेख्न बाँकी

काठमाडौं। नेकपा एमाले पुनर्गठन कार्यदलका सदस्य तीन विषयमा साझा धारणामा पुगेका छन्। एक नेताले दिएको जानकारी अनुसार आइतबार बिहान सुरू भएको कार्यदल बैठकमा बहुमत सदस्य १३ वटा समूहबाट आएका सुझाव प्रतिवेदनको अनुसूचीमा राख्न सहमत देखिएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै पार्टी पुनर्गठनको प्रश्न विधान र विशेष महाधिवेशनमार्फत टुंग्याउने साझा दृष्टिकोणमा पुगेका छन्।

Ncell
Extreme Energy

कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ भने यस धारणामा बोलेका छैनन्।

ती नेताका अनुसार कार्यदलको बैठक सकिए पनि माइन्युट लेख्न बाँकी छ। माइन्युट लेख्ने जिम्मा कार्यदलका संयोजक बादल, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले पाएका छन्।

‘कार्यदलका बहुमत सदस्य तलबाट आएका सुझावलाई अनुसूचीमा समेटेर संस्थागत गर्न तयार देखिएका छन्। पार्टी पुनर्गठनको प्रश्न विधान एवम् विशेष महाधिवेशनमार्फत हल गर्न पनि सहमत छन्। माइन्युटमा के भाषा लेखिन्छ, त्यसपछि मात्रै साझा हुन्छ,’ ती नेताले भने।

कार्यदल सदस्य रहेका सचिव भने महेश बस्नेतले प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने र विशेष महाधिवेशन गर्ने विषय समावेश नहुने दाबी गरेका छन्।

एमालेमा पुनर्गठनको प्रश्न निकै पेचिलो बनेको छ। गत जेठ १० गते पुनर्गठनको प्रश्न हल गर्न कार्यदल गठन गरेर तलबाट सुझाव संकलन गरिए पनि सदस्यहरूबीच मतैक्य हुन सकेन।

प्रतिवेदन लेखनको जिम्मा पाएका संयोजक बादल र महासचिवले अलगअलग प्रतिवेदन तयार पारेपछि यो विषय झन गिजोलिन पुग्यो। अध्यक्ष केपी शर्मा ओलीले हस्तक्षेप गरेर कार्यदलभन्दा बाहिरबाट हल खोज्ने प्रयास गरेपछि पुनर्गठनको मुद्दा झनै जटिल बनेको थियो।

अहिले त्यसको गाँठो फुकाउने प्रयास भइरहेको नेताहरूले बताएका छन्।

माइन्युट लेखेपछि एमाले सचिवालय बैठक आजै अपराह्न ४ बजे बस्नेछ। एमालेले सोमबार केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ। कार्यदलको प्रतिवेदन र निष्कर्षमाथि त्यहाँ पनि छलफल हुनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रहरी भन्छ– १,४३६ शव भेटियो, ४,६५५ को खोजी जारी

प्रहरी भन्छ– १,४३६ शव भेटियो, ४,६५५ को खोजी जारी

पत्ता भएका चार हजार ६५५ जनाको खोजी भइरहेको छ ।
सभापतिमा गगनको विकल्प छैनः भट्टराई

सभापतिमा गगनको विकल्प छैनः भट्टराई

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले पार्टीको सभापतिमा गगन थापा निर्विकल्प भएको बताएका छन् ।
एमाले सचिवालय बैठक दिउँसो ३ बजेलाई सारियो

एमाले सचिवालय बैठक दिउँसो ३ बजेलाई सारियो

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकको समय सारिएको छ। पार्टी सचिव महेश बस्नेतका अनुसार बैठक आजै दिउँसो ३ बजे बस्ने बस्नेछ।