नेभिगेशन
मुख्य समाचार

‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

काठमाडौं । बंगालको खाडीको पूर्वी भू–भागमा विकसित न्यून चापीय प्रणाली थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने प्रक्षेपण गरिएको छ। उक्त प्रणालीका कारण नेपालमा वर्षा हुने सम्भावना रहे पनि वर्षाको जोखिम र त्यसबाट हुन सक्ने असरबारे अहिले नै यकिन गर्न नसकिने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बताएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मौसम तथ्याङ्क, मौसम मोडल तथा भू–उपग्रहबाट प्राप्त तस्बिर र तथ्याङ्कको विश्लेषणअनुसार उत्तर अन्डमान सागर तथा आसपासको क्षेत्रमा विकसित प्रणाली असोज ७ गते (सेप्टेम्बर २३) आसपास ‘डिप्रेसन’ अर्थात् न्यून चापीय क्षेत्रका रूपमा थप बलियो हुने देखिएको प्राधिकरणको भनाइ छ।

Marvel
Extreme Energy

हालको प्रक्षेपणअनुसार उक्त प्रणाली दक्षिण ओडिशा र उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्रनजिकबाट जमिनतर्फ प्रवेश गर्ने सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाले प्रणालीको निरन्तर निगरानी भइरहेको जनाएको छ। महाशाखाका अनुसार प्रणालीको विकास र त्यसको मार्गमा हुने परिवर्तनका आधारमा नेपालमा पर्ने वर्षाको जोखिम र सम्भावित प्रभाव पनि फरक पर्न सक्छ।

‘हालसम्मको प्रक्षेपणले उक्त प्रणालीको कारण नेपालमा वर्षा गराउने देखिए पनि वर्षाको जोखिमको स्तर र हुन सक्ने सम्भावित असरबारे अहिलेसम्म यकिन गर्न सकिने अवस्था छैन,’ सूचनामा भनिएको छ।

महाशाखाले मौसम प्रणालीको थप विकास र त्यसको प्रभावबारे आवश्यकताअनुसार सूचना अद्यावधिक गर्दै जाने जनाएको छ। सर्वसाधारणलाई मौसमसम्बन्धी आधिकारिक तथा पछिल्लो जानकारीका लागि विभागको वेबसाइट र सामाजिक सञ्जालमार्फत जारी हुने सूचना हेर्न आग्रह गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

सरकारको यो निर्णयमाथि पनि कानुनी परीक्षण हुने देखिन्छ । सरकारले आईजीपी नियुक्त गर्न पाउने अधिकार राखे पनि पदावधि बाँकी रहँदै बहालवाला आईजीपीलाई हटाउन पाउने अधिकार कति छ भन्ने...
प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

विदेश सचिव मिश्री चार एजेण्डा बोकेर काठमाडौं आएका हुन् । एजेण्डा चार वटा भएपछि भ्रमणको प्रमुख एजेण्डा भने प्रधानमन्त्री बालेनको भारत भ्रमणको विषय नै हो । मिश्री नेपाल...
निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

बुधबार मन्त्रालय आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्ति पत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिए ।
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई  अध्यक्षमा नियुक्त गरेको हो ।