नेभिगेशन
समाज

त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

काठमाडौं । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ टनेलमा फेला परेका १३ वटा शव हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ। टनेलमा अझै खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सेनाको असोज ४ गते साँझ ६ बजेसम्मको खोज तथा उद्धार अपडेटअनुसार नेपाली सेनाको हवाई साधनमार्फत विभिन्न प्रभावित क्षेत्रबाट हालसम्म ४ हजार २२० जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजार ९३७ नेपाली र २८३ जना विदेशी रहेका छन्।

Ncell
Extreme Energy

त्रिशूली–३ ए जलविद्युत् आयोजनाको टनेल तथा पावर हाउस क्षेत्रमा आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोलीले खोजी गरिरहेको छ। यस्तै, त्रिशूली–३ बीको पावर हाउस क्षेत्रमा नेपाली सेनासहितको संयुक्त टोलीले ३ वटा एक्स्काभेटर र लोडर प्रयोग गरी उत्खनन गर्दा हालसम्म केही फेला नपरेको सेनाले जनाएको छ। त्यहाँ पनि खोजी जारी छ।

रसुवा र नुवाकोटका त्रिशूलीपारि कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, कालिकास्थान, मान्चेतलगायत प्रभावित क्षेत्रमा बेस स्थापना गरेर नेपाली सेनाले पैदल गस्तीमार्फत खोजी गरिरहेको छ। साँघुरा टनेलको रेकी तथा प्रभावित क्षेत्रको खोज र मूल्याङ्कनसँगै सडक सम्पर्कबाट विच्छेद भएका दुर्गम स्थानमा ड्रोनमार्फत राहत सामग्रीसमेत पुर्‍याइएको छ।

सेनाका अनुसार हालसम्म ड्रोनमार्फत नुवाकोट र रसुवाका विभिन्न स्थानमा ३१ हजार ९१ किलो राहत तथा अत्यावश्यक सामग्री ढुवानी गरिएको छ।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमका प्रभावित क्षेत्रमा नेपाली सेनाका ८ हजार ७ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन भएका छन्। उनीहरूले खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारलगायतका काम गरिरहेका छन्।

बाढीबाट प्रभावित परिवारलाई धार्मिक संस्कार तथा श्रद्धाञ्जलीका काममा सहयोग गर्नुका साथै राहत वितरण र आयोजनाका अत्यावश्यक उपकरण ढुवानीमा समेत सेनाले सहयोग गरिरहेको जनाएको छ।

यसैबीच, नेपाली सेनाले त्रिशूली र धुन्चेमा सञ्चालन गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट बुधबार सात जनाले स्वास्थ्य सेवा लिएका छन्। ती केन्द्रबाट हालसम्म ४ हजार ३ जनाले सेवा लिएको सेनाले जनाएको छ।

बेत्रावती नदीमा पुल जडानका लागि बारास्थित श्री नं. २८ वाहिनी अड्डाबाट एक्रो ब्रिजका पार्टपुर्जा तथा आवश्यक उपकरण त्रिशूली, नुवाकोट पुर्‍याइएको छ। ६ वटा डम्प ट्रक, एक क्रेन ट्रक, एक एस्काभेटर र दुई लो–बेडमार्फत सामग्री ढुवानी गरिएको हो।

बेत्रावतीमा बेली ब्रिज निर्माणको डिजाइनसमेत सम्पन्न भई फाउन्डेसन निर्माणको काम सुरु भएको सेनाले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली आइतबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ।
‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

बंगालको खाडीको पूर्वी भू–भागमा विकसित न्यून चापीय प्रणाली थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने प्रक्षेपण गरिएको छ। उक्त प्रणालीका कारण नेपालमा वर्षा हुने सम्भावना रहे पनि वर्षाको जोखिम र...
७३ जिल्लाका ६,१३२ वडामा भयो कांग्रेसको अधिवेशन

७३ जिल्लाका ६,१३२ वडामा भयो कांग्रेसको अधिवेशन

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशनको दोस्रो दिनसम्म देशभरका ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न भई वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन भएको कांग्रेसको केन्द्रीय...
रास्वपाका आयोग र विभागमा को को भए मनोनीत ?

रास्वपाका आयोग र विभागमा को को भए मनोनीत ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका आयोग र विभागहरूमा पदाधिकारी तथा सदस्यहरु नियुक्त भएका छन् ।

भर्खरै