नेभिगेशन
समाज

एमाले सचिवालय बैठकमा उठेका दुई कुरा

काठमाडौं। नेकपा एमालेको आइतबार बसेको सचिवालय बैठकमा पुनर्गठनको प्रश्न उठेको छ। उपाध्यक्ष गोकर्ण विष्ट, रघुजी पन्त, उपमहासचिव योगेश भट्टराईले आज पनि पार्टी पुनर्गठनमा जोड दिएको एक नेताले बताए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उपाध्यक्ष गोकर्ण विष्टले पार्टी पुनर्गठनबिना आन्दोलन अघि बढ्न नसक्ने बताउँदै निर्वाचनको वस्तुनिष्ठ समीक्षा हुनुपर्ने धारणा राखेका थिए।

Ncell
Extreme Energy

अध्यक्ष केपी शर्मा ओलीले आजको बैठकमा पनि कार्यदल केही पनि होइन, कार्यदलको निष्कर्ष तथा सुझाव म मान्न बाध्य छैन जसरी आफूलाई प्रस्तुत गरेका थिए।

उपाध्यक्ष विष्टले त्यसैको प्रतिवाद गरेका हुन्।

‘निर्वाचनमा हामीले गम्भीर धक्का खायौं। यो भनेको सानो धक्का होइन। यसैको समीक्षा र आगामी बाटो तय गर्न कार्यदल बनेको हो। त्यो विशेष परिस्थितिमा सचिवालयले बनाएको कार्यदल हो, यसका निष्कर्ष नमान्ने भन्ने कुरा आउँदैन,’ विष्टले भनेका थिए।

विष्टले पार्टी पुनर्गठनको मुद्दा उठाउनेलाई अध्यक्ष ओलीले अत्यन्तै अपमान गरेको, होच्याउने, हेप्ने शैलीमा प्रस्तुत भएको भन्दै आलोचना गरेका थिए।

‘तपाईं आलोचना सहनुहुन्न। आलोचना गर्नेलाई फरक व्यवहार गर्नुहुन्छ। पुनर्गठनको धारणा राख्नेलाई किर्ना, आवारा, सडकछाप जस्ता अपमानजनक शब्द प्रयोग गर्दै गालीगलौज गर्नुहुन्छ, तपाईंको यो कार्यशैली, वरव्यवहारले पार्टी आन्दोलन अघि बढ्न सक्दैन,’ विष्टले भनेका थिए।

उपाध्यक्ष रघुजी पन्तले पनि पार्टी पुनर्गठन नै आजको आवश्यकता भएको बताउँदै अध्यक्ष ओलीले कार्यकर्ता तहबाट आएका सुझाव आत्मसात गर्नुपर्ने धारणा राखेका थिए।

उपमहासचिव योगेश भट्टराईले आफूहरूले ११ महाधिवेशन अगाडिदेखि नै पुनर्गठनको मुद्दा उठाउँदै आएको बताएका थिए। पुनर्गठनबिना पार्टी आन्दोलन अघि बढ्न नसक्ने बताएका थिए।

‘हामी त महाधिवेशन अघिदेखि नै पुनर्गठनको पक्षमा थियौं। पार्टी पुनर्गठनका तपाईंले सहयोग गर्नुपर्छ भनिरहेका थियौं। आज पनि हामी त्यहीँ छौं। पुनर्गठन नै पार्टी आन्दोलनको विकल्प हो,’ उनले भनेका थिए।

उपमहासचिव रघुवीर महासेठले अध्यक्ष ओलीको आजको प्रस्तुतिबाट आफू व्यक्तिगत रूपमा निराश भएको, यस्तो कार्यशैली, चिन्तन र मनोदशाले पार्टी अघि बढ्न नसक्ने आफूलाई लागेको बताएका थिए।

कार्यदलको निष्कर्ष मान्दिनँ भनेपछि सचिव राजन भट्टराईले पनि प्रतिवाद गरेका थिए।

‘सचिवालयले गठन गरेको कार्यदलले ल्याएका कुरा मान्दिन भन्न पाइन्छ र कमरेड? यो पार्टीको विधि हो र?,’ उनले प्रश्न गरेका थिए।

आजको बैठकमा सचिव हिक्मत कार्कीले पनि कार्यकर्ता, पार्टी पंक्तिबाट आएको सुझाव ग्रहण गरेर जानुको विकल्प नरहेको धारणा राखेका थिए।

अध्यक्ष ओलीले आजको बैठकमा सोमबारबाट बस्ने केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्यहरू मनोनीत गर्ने बताएका थिए।
गोकर्ण विष्टलगायत नेताहरूले त्यसको प्रतिवाद गरेका थिए।

आफू सातौं महाधिवेशनपछिदेखि केन्द्रीय कमिटीमा रहेको बताउँदै त्यतिबेला महाधिवेशनमा पराजित भएकाहरूलाई पनि केन्द्रीय कमिटीमा समेट्ने गरेको इतिहास सम्झाएका थिए।

‘केन्द्रीय कमिटीमा मनोनीतको प्रस्ताव ल्याउने हो भने सचिवालय बैठकमा छलफल हुनुपर्छ। तपाईंले एकलौटी गर्न पाउनुहुन्न। सबैलाई समेट्नुपर्छ,’ गोकर्ण विष्टले प्रतिवाद गरेपछि उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङले पनि यसमा सहमति जनाएका थिए।

आजको बैठकमा अध्यक्ष ओलीले कार्यदलका संयोजकसमेत रहेका रामबहादुर थापा ‘बादल’को हातबाट प्रतिवेदन बुझेका थिए।

सोमबार बिहान ९ बजे बस्ने सचिवालय बैठकमा उक्त प्रतिवेदनलाई वाचन गर्ने सहमति भएको एक नेताले बताए। त्यस्तै केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन पनि सोही सचिवालय बैठकमा प्रस्तुत गर्ने निर्णय भएको छ।

‘आज प्रतिवेदन पुरै पढ्न भ्याइएन। भोलि पढ्ने कुरा छ। साथै केन्द्रीय कमिटीमा प्रस्तुत हुने अध्यक्षको प्रतिवेदन पनि सचिवालय बैठकमा छलफल गर्ने समझदारी बनेको छ। भोलि बिहान ९ बजे सचिवालय बैठक बस्नेछ। बिहान २ घण्टा सचिवालय बैठक बसेर मध्याह्न ११ बजे केन्द्रीय कमिटी बैठक बस्नेछ,’ ती नेताले भने।

आजको बैठकमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले भने कुनै धारणा राखेनन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ टनेलमा फेला परेका १३ वटा शव हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ। टनेलमा अझै खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली आइतबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ।
‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

बंगालको खाडीको पूर्वी भू–भागमा विकसित न्यून चापीय प्रणाली थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने प्रक्षेपण गरिएको छ। उक्त प्रणालीका कारण नेपालमा वर्षा हुने सम्भावना रहे पनि वर्षाको जोखिम र...
७३ जिल्लाका ६,१३२ वडामा भयो कांग्रेसको अधिवेशन

७३ जिल्लाका ६,१३२ वडामा भयो कांग्रेसको अधिवेशन

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशनको दोस्रो दिनसम्म देशभरका ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न भई वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन भएको कांग्रेसको केन्द्रीय...