नेभिगेशन
सबै कुरा

अन्तरजातीय विवाह गरेको भन्दै विद्यालयकी प्रधानाध्यापकको परिवार नै समाजबाट बहिष्कृत

काभ्रे । काभ्रेमा बिद्यार्थीलाई छुवाछुत गर्न हुन्न भनेर सिकाउने प्रधानाध्यापक नै अन्तरजातीय विवाहको कारण समाजबाट तिरस्कृत हुनुपरेको छ । भुम्लु–२ मा रहेको बालउन्नति आधारभूत विद्यालयकी प्रधानाध्यापक देवकी विकले २०७९ साल असार २२ गते भुम्लु गाउँपलिका–२, सिम्थली डाँडाखर्कका धर्मध्वज भण्डारीसँग प्रेम विवाह गरेकी थिइन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

धर्मध्वजले परिवारको स्वीकृतिमै विवाह गरेका गरेका हुन् । पशुपतिमा विवाह भए पनि आमा गंगादेवीले बुहारीलाई खुशीखुशी घर भित्र्याएकी थिइन् । त्यसपछि छिमेकीले गंगादेवीको कुरा काट्न थाले । छोरा बुहारी घरमा ल्याइस् भने हामी तलाई मर्दा पनि घाट पुर्याउदैनौँ भनेर दिनहुँ ताना मार्न थाले । समाजको तानाकै कारण धर्मध्वज र देवकी आफ्नो घर हुँदाहुँदै अन्तै गएर बस्न बाध्य भए ।

Ncell
Extreme Energy


उनलाई गाउँलेले खुट्टा भाँच्नेसम्मको धम्की दिएको देवकी बताउँछिन् । गाउँलेको तिस्कारकै कारण धमेन्द्र र देवकीले स्कुल नजिकै बस्ने गरेका छन् । उनीहरुले २५ रोपनी जमिन भाडामा लिएर बाख्रापालन पनि गर्दै आएका छन् । १६ वर्षदेखि शिक्षण पेशामा रहेकी देवकीले भनिन्, ‘म विद्यार्थीलाई जातीय छुवाछूत गर्नु हुँदैन भनेर पढाउँछु । तर, आज आफैँले गैरदलितसँग विवाह गर्दा बहिष्कार हुनुपर्यो ।’

दलित विवाह गर्दा पण्डितले बाबुको श्राद्ध गर्न मानेनन् 

२०७७ साल माघ ३० गते प्यारालाइसिसका कारण थला परेका धर्मेन्द्रका बाबुको  निधन भयो । यही माघ ११ गते बाबुको श्राद्ध गर्ने तिथी परेको थियो । धर्मेन्द्रकी आमा गंगादेवीले पुस्तैनी पण्डित माधव न्यौपानेलाई १ हप्ता अगाडि नै खबर गरेकी थिइन् । तर पण्डित न्यौपाने सो दिन श्राद्ध गर्न गएनन् । धर्मेन्द्रको परिवार बेलुकीसम्म पण्डितको पखाईमा बसिरहे तर न्यौपाने गएनन् । अन्य ठाउँमा व्यस्त भएका कारण पण्डित ढिला भएको हुनसक्ने अनुमान लगाएका बसेका थिए । तर पण्डित ब्यस्त भएर  नगएका होइन रहेछ । धर्मेन्द्रले कथित तल्लो जातको महिलासँग बिहे गरेका कारण पण्डित श्राद्ध गर्न नगएका रहेछन् । 

गंगादेवी भन्छिन्, ‘एकै दिन धेरै ठाउँमा श्राद्ध गर्ने तिथि पर्ने भएकाले ढिला होला भनेर आमाछोरा कुरिरह्यौँ । ढिलो भयो, गुरुलाई फर्किदा साधनको व्यवस्था गर्नुपर्छ भनेर तयारी गरेका थियौँ । तर, गुरु आउनुभएन ।’

पुस्तेनी पुरोहित भएकोले रामबहादुरको किरिया, वार्षिक तिथिलगायतका सबै काम न्यौपानेले नै गर्दै आएका थिए । अघिल्लो वर्ष पनि उनैले श्राद्ध गराएका थिए । ‘हाम्रो परिवारको पुरोहित नै उहाँ हो’, गंगाले भनिन्, ‘तर, खबर गर्दा पनि मैले दलित बुहारी भित्र्याएको भएर उहाँ आउनुभएन ।’

पुरोहित माधव न्यौपानेले भने दलित भनेर श्राद्ध गर्न नगएको भन्नु गलत भएको दाबी गरेका छन् । उनले आफू अधिकांश समय काठमाडौँ हुने भएकोले श्राद्ध गर्न जान नसकेको बताएका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
के एमाले फुट्दैछ?

के एमाले फुट्दैछ?

सर्वश्व गुमाएर खरानी हात पारेको एमालेले ओलीका नाममा त्यही खरानी पनि गुमाउने अवस्था आउन दिने सम्भावना अब छैन भन्दा पनि हुन्छ।
कांग्रेसमा नेताहरुको एउटा तप्का ‘आउट’ भएकै हो ?

कांग्रेसमा नेताहरुको एउटा तप्का ‘आउट’ भएकै हो ?

अवस्था यस्तो आएको छ कि, दुवै पक्ष आ आफ्नै निर्णय र अडानमा अडिग रहने हो भने कांग्रेसमा नेताहरुको एउटा तप्का आगामी १५औं महाधिवेशन प्रक्रियामा सहभागी हुन पाउने छैन...
यी पाँच कोणबाट हुन सक्छ राजदरबार हत्याकाण्डको पुनः अनुसन्धान

यी पाँच कोणबाट हुन सक्छ राजदरबार हत्याकाण्डको पुनः अनुसन्धान

आधुनिक विज्ञान, प्रविधि र अन्तर्राष्ट्रिय गुप्तचर निकायसमेतको सहयोगको आधारमा यो घटनाको पुनरवलोकन वा अनुसन्धान गर्ने आधारहरू अझै पनि जीवित छन् ।