नेभिगेशन
समाज

राष्ट्रिय सुरक्षा परिषद्ले के गर्यो निर्णय ?

काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषदले देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।

आज प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष बालेन शाहको अध्यक्षतामा आज बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउने निर्णय गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकमा देशको समग्र सुरक्षा अवस्था तथा यही साउन १० गते सुनसरीमा भएको घटनाको समीक्षा गर्दै राजनीतिक दल, स्थानीय सरोकारवाला र सुरक्षा निकायको संयुक्त प्रयासबाट अवस्था सामान्यीकरणतर्फ उन्मुख भएको परिषद्का तर्फबाट ब्रिफिङ गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Ncell
Extreme Energy

बैठकपछि परिषद्ले जारी गरेको विज्ञप्तिमा भविष्यमा यस्ता घटना दोहोरिन नदिन सबै सुरक्षा निकाय र सम्बन्धित सरोकारवालासँग समन्वय गर्दै सामाजिक सद्भाव तथा राष्ट्रिय एकताको भावना कायम राख्ने गरी प्रभावकारी रूपमा कार्यसम्पादन गर्ने उल्लेख छ । साथै विपद्का घटनामा खोज, उद्धार तथा राहतका कार्यलाई समयमै प्रभावकारी रूपमा सञ्चालन गर्न सम्बन्धित निकायबीच समन्वय सुदृढ बनाउने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ ।

बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन, गृहमन्त्री सुधन गुरुङ, परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, नेपाल सरकारका मुख्य सचिव गोविन्द कार्की र प्रधान सेनापति अशोक सिग्देलको उपस्थिति थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाले  सरकारलाई भन्यो– आशा मारिसकेका व्यक्तिको मृत्यु प्रमाणपत्र दिने कानुनी प्रक्रिया छिटो टुङ्गोमा पुऱ्याउनू

रास्वपाले  सरकारलाई भन्यो– आशा मारिसकेका व्यक्तिको मृत्यु प्रमाणपत्र दिने कानुनी प्रक्रिया छिटो टुङ्गोमा पुऱ्याउनू

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाढीमा परी बेपत्ता भएका तर, आशा मारिसकेका व्यक्तिहरुको मृत्यु दर्ता प्रमाणपत्र दिने कानुनी प्रक्रियालाई छिटो टुंगोमा पुर्याउन सरकारको ध्यानाकर्षण गराएको छ ।
मनास्लुमा ७ फिट हिउँमा पुरिएर विदेशी आरोही र शेर्पा गाइडको मृत्यु

मनास्लुमा ७ फिट हिउँमा पुरिएर विदेशी आरोही र शेर्पा गाइडको मृत्यु

विश्वको आठौं अग्लो हिमाल मनास्लुमा हिमपहिरोमा परी एक विदेशी आरोही र उनका शेर्पा गाइडको मृत्यु भएको पुष्टि भएको छ। क्याम्प–३ स्थित टेन्टमा करिब सात फिट बाक्लो हिउँले पुरिएको...
सुरू भयो एमाले सचिवालय बैठक

सुरू भयो एमाले सचिवालय बैठक

नेकपा एमाले सचिवालय बैठक सुरू भएको छ। सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको हो।