नेभिगेशन
मुख्य समाचार

गोलबजारमा गोली लागि मृत्यु भएका यादव परिवार र सरकारबीच सात बुँदे सहमति

काठमाडौँ । सरकार र सिराहा, गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएको गणेश यादवको परिवाबीच सहमति भएको छ । शुक्रबार मध्यराति यादव परिवार र गृहमन्त्री सुधन गुरूङबीच सात बुँदे सहमति भएको हो ।

मृतक गणेश यादवलाई नेपाल सरकारबाट शहीद घोषणा गर्ने प्रकृया तत्काल अगाडि बढाउने सहमति भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साथै मृतकका परिवारलाई दस लाख नेपाल सरकारको तर्फबाट उपलब्ध गराउने, साउन १४ गते गोलबजार बजार क्षेत्रमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषी उपर प्रचलित कानून बमोजिम आवश्यक कारवाही प्रकृया तत्काल अगाडि बढाउने सहमति भएको छ ।

Ncell
Extreme Energy

त्यस्तै मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारको अवसर उपलब्ध गराउने, उक्त घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसहरू प्रचलित कानून बमोजिम यथाशीघ्र कार्यान्वयनका लागि आवश्यक प्रकृया अगाडि बढाउने सहमति भएको छ ।

यस्तै, मृतकको सम्झनामा गाउँपालिकाको उपयुक्त क्षेत्रमा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गर्ने। साथै आवास निर्माणका लागि आवश्यक पहल गर्ने सहमति भएको छ ।

मृतकको शनिबार बिहान १० बजे अन्तिम संस्कार गर्ने र मृतकका भाइ र बहिनीको निःशुल्क शिक्षा र मृतकको बुबाआमाको सरकारी अस्पतालमा निशुल्क उपचारको व्यवस्था गर्ने पनि सहमति भएको छ ।

759208658_902368772412377_6559514534884283703_n-1785547249.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सामाजिक सद्भाव खलल पुर्‍याउने ३६ जना परे पक्राउ

सामाजिक सद्भाव खलल पुर्‍याउने ३६ जना परे पक्राउ

साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले तराईका विभिन्न पाँच जिल्लाबाट आज ३६ जनालाई पक्राउ गरेको छ ।
यी स्थानमा छ आज भारी वर्षाको सम्भावना

यी स्थानमा छ आज भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतिर र पूर्वी नेपालमा सरदर स्थानको आसपास रहेकाले आज देशका विभिन्न क्षेत्रमा वर्षाको...