नेभिगेशन
समाज

मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको सुनुवाइ होल्ड, के के छन् आरोप ?

काठमाडौँ । मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ होल्ड भएको छ । बुधबार संसदीय सुनुवाइ समितिमा भएको सुनुवाइका क्रममा उनीमाथि स्वार्थको द्वन्द्व देखिएको आरोपसहितका प्रश्न सांसदहरुले तेर्स्याएका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुनुवाईको क्रममा रास्वपा सांसद राजीव खत्रीले झापामा स्थानीयहरूसँग अनुदान मिलाइदिन्छु भनेर लाखौँ रुपैयाँ लिएको,  राजदूत नियुक्तीका लागि सिफरिस भएसँगै तिर्न सुरु गरेको, कतिपयलाई पैसा लिइसकेपछि ब्ल्याकलिस्टमा राखेको, केही म्यानपावरसँग राजदूत भएर काम गर्छु भनेर केही रकम लिएको र तिनै व्यक्तिहरुले उपलब्ध गराएको गाडी चढ्ने गरेको भनेर आफूलाई प्रमाणसहित उजुरी आएको भन्दै प्रश्न गरेको थियो ।

Marvel
Extreme Energy

त्यतिमात्र होइन सांसद खत्रीले पोखराको सार्वजनिक जग्गा मिलाइदिन्छु भनेर करोडौँ रुपैयाँ लिएको भन्ने उजुरीको बारेमा पनि प्रश्न गरे ।

तर जवाफमा खरेलले सबै आरोपलाई अस्वीकार गरे । उनले आफूमाथि लगाइएका सबै आरोप निराधार भएको दावी गरे । 

रास्वपा संसदीय दलका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रस्तावित राजदूत खरेलका विषयमा थप अध्ययन गरेर, आवश्यक परे थप सुनुवाईमा बोलाउन सकिने धारणा राखे । 

त्यस्तै नेकपा सांसद वर्षमान पुनले खरेलका विषयमा धेरै बिषय उठेकाले थप छलफलको आवश्यकता देखिएको उल्लेख गरे । एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले समितिमा उजुरी नपर्दा पनि शंका गर्नुपर्ने धेरै तथ्यहरु सार्वजनिक भइसकेको अवस्थामा थप अध्ययन आवश्यक रहेको बताइन् । 

प्रस्तावित राजदूत खरेलले आफूमाथि लागेका सम्पूर्ण आरोपहरुमा कुनै सत्यता नरहेको बताएका थिए । अनुचित कारोबारका कुनै पनि तथ्य प्रमाण भेटिए त्यसलाई पुष्टि गर्न उनले चूनौति दिए । उनले आफुले अनुदान मिलाइने भन्दै कसैसंग रकम नलिएको उनको दावी छ । 

सांसदहरुले थप अध्ययन गर्नुपर्ने माग राखेपछि समिति सभापति वोधनारायण श्रेष्ठले प्रस्तावित राजदूत खरेलका विषयमा थप अध्ययन गर्नुपर्ने भएको र त्यसपछि मात्रै आवश्यक सुनुवाई प्रक्रिया अघि बढाइने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
शिक्षकलाई राजनीतिमा अवसर दिनुपर्छ : प्रचण्ड

शिक्षकलाई राजनीतिमा अवसर दिनुपर्छ : प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकको अनुभव, क्षमता र योगदानलाई कदर गर्दै राजनीतिक तथा राष्ट्रिय जिम्मेवारीमा प्राथमिकता दिनुपर्ने बताएका छन् ।
जनादेश प्राप्त बालेन नेतृत्वको सरकार सफल बन्नुपर्छ, सबै दलले सघाउनुपर्छ :  विश्वप्रकाश शर्मा

जनादेश प्राप्त बालेन नेतृत्वको सरकार सफल बन्नुपर्छ, सबै दलले सघाउनुपर्छ :  विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले जनताको भारी बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताएका छन् ।
चोभार सबस्टेसन सञ्चालनमा, उपत्यकामा विद्युत् माग व्यवस्थापन सहज

चोभार सबस्टेसन सञ्चालनमा, उपत्यकामा विद्युत् माग व्यवस्थापन सहज

काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको चोभार सबस्टेसन सञ्चालनमा आएको छ । सो सबस्टेसनमा ४५ एमभिए क्षमताका दुई वटा पावर ट्रान्सफर्मर...
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई प्राथमिकता दिन्छौँ : सभामुख अर्याल

कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई प्राथमिकता दिन्छौँ : सभामुख अर्याल

सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रका समस्या, आवश्यकता र सुझावलाई सम्बोधन गर्ने गरी समयसापेक्ष, प्रविधिमैत्री र भूगोलअनुकूल कानुन निर्माण गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् ।