नेभिगेशन
समाज

कांग्रेस महाधिवेशनः दलित सहमहामन्त्रीमा स्नेही अगाडि, दलित सदस्यमा को को ?

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दलिततर्फको मतगणनामा सहमहामन्त्रीमा प्रकाश रसाइली स्नेही, दलित महिला केन्द्रीय सदस्यमा सीता मिजार र दलित खुला केन्द्रीय सदस्यमा डा. डीबी सुनारले अग्रता लिएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दलिततर्फ २ हजार ४ सय मतगणना हुँदा सहमहामन्त्रीका उम्मेदवार प्रकाश रसाइली स्नेहीले १ हजार ६ सय ५१ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी मानबहादुर नेपालीले ४ सय ३ मत र नरेन्द्र पासवानले २ सय ७० मत पाएका छन्।

Ncell
Extreme Energy

सहमहामन्त्रीमा एक पदका लागि तीन उम्मेदवार प्रतिस्पर्धामा छन्। 

दलित महिलातर्फ पाँच केन्द्रीय सदस्य पदका लागि १६ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। २ हजार ४ सय मतगणना हुँदा सीता मिजारले सर्वाधिक १ हजार ४९ मत प्राप्त गरेकी छन्।

शान्ती परियारले ८ सय ५२ मत प्राप्त गरेकी छन्। रुपा वि.क.ले ७ सय ९८, कमला नेपालीले ७ सय ६२ र छायाँ सुनारले ६ सय ३९ मत पाएका छन्।

त्यस्तै, देविका नेपाली घिमिरेले ५ सय २०, पवित्रा वि.क.ले ४ सय ८९, सुना परियारले ४ सय ७४, चन्द्रकला वि।क।ले ४ सय ४५ र टिका कुमारी बस्यालले ४ सय ७ मत प्राप्त गरेकी छन्।

मनमाया विश्वकर्माले ४ सय १, मैना वि.क.ले ३ सय ८७, ललिता सुनारले ३ सय ६९, दिलमायाँ पौ.बी.ले ३ सय २३, लिला नेपालीले २ सय ९८ र ललिता सुनार (विद्या)ले २ सय ९७ मत प्राप्त गरेकी छन्।

प्रारम्भिक मतपरिणाममा सीता मिजार सबैभन्दा अगाडि रहँदा शान्ती परियार, रुपा वि.क., कमला नेपाली र छायाँ सुनार पनि पाँच सदस्यका लागि प्रतिस्पर्धामा अगाडि देखिएका छन्। मतगणना जारी रहेकाले अन्तिम परिणाममा उम्मेदवारको स्थान परिवर्तन हुन सक्नेछ।

दलित खुलामा डा. डीबी सुनारको अग्रता

दलित खुलातर्फ आठ केन्द्रीय सदस्य पदका लागि ३२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। २ हजार ४ सय मतगणना हुँदा डा. डीबी सुनारले सर्वाधिक १ हजार २ सय ९७ मत प्राप्त गरेका छन्। उनी खुलातर्फका उम्मेदवारमध्ये सबैभन्दा अगाडि छन्।

सागर परियारले ८ सय ३४ मत प्राप्त गरेका छन्। हरिशरण नेपालीले ७ सय ८१, मन्जित ताम्राकारले ६ सय ४८ र शिव बहादुर सुनारले ६ सय ४४ मत पाएका छन्।

त्यस्तै, अम्मरबहादुर बराईलीले ५ सय ८२, राजु परियारले ५ सय ६९, दीपक सोनीले ५ सय ५७, दिनेश सुनारले ५ सय २६, ईश्वरबहादुर परियारले ५ सय २० र मन बहादुर विश्वकर्माले ५ सय १ मत प्राप्त गरेका छन्।

चक्र बहादुर नेपालीले ४ सय ७७, मैकुलाल बाल्मिकिले ४ सय ७६, सूर्य बहादुर वि.क.ले ४ सय ५२, रमेश वि.क.ले ४ सय ३२, श्याम कुमार मौरतीले ४ सय १९ र रमेश ताम्राकारले ४ सय ११ मत पाएका छन्।

त्यसैगरी, धनबहादुर रसाईलीले ३ सय ५६, मुक्तबहादुर महतेले ३ सय ४१, सन्जु सिंह विश्वकर्माले ३ सय ३१, निरबहादुर विश्वकर्मा (विमल धमला)ले ३ सय २६, बाबुराम विश्वकर्माले ३ सय २४, दिल बहादुर विश्वकर्माले ३ सय २०, रामु नेपालीले २ सय ८५, गोवर्द्धन कोलीले २ सय ७९, भिउसिन दमैले २ सय ७५, विरबहादुर विश्वकर्मा (कमल)ले २ सय ७३, डम्बर बहादुर गोल्डस्मिथले २ सय ६४, राम कुमार नेपालीले २ सय ५८, लोकेन्द्र बहादुर वि.क.ले २ सय ५६, रोहित विश्वकर्माले २ सय ५१ र जबर बहादुर वि.क.ले २ सय ४२ मत प्राप्त गरेका छन्।

प्रारम्भिक मतपरिणाममा डा. डीबी सुनारले फराकिलो अग्रता बनाएका छन्। आठ पदका लागि हुने प्रतिस्पर्धामा सागर परियार, हरिशरण नेपाली, मन्जित ताम्राकार, शिव बहादुर सुनार, अम्मर बहादुर बराईली, राजु परियार र दीपक सोनी अग्रपंक्तिमा छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चाडपर्व लक्षित सुरक्षाः उपत्यकामा साढे ३ हजार प्रहरी परिचालन,  सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुर पनि खटाइने

चाडपर्व लक्षित सुरक्षाः उपत्यकामा साढे ३ हजार प्रहरी परिचालन,  सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुर पनि खटाइने

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चाडपर्वको समयमा बजार, सार्वजनिकस्थल, यातायात तथा नागरिकको बढी आवतजावत हुने क्षेत्रमा हुनसक्ने चोरी, लुटपाट, ठगीलगायतका आपराधिक गतिविधि नियन्त्रण गर्न  विशेष योजनाकासाथ प्रहरी परिचालन...
मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको सुनुवाइ होल्ड, के के छन् आरोप ?

मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको सुनुवाइ होल्ड, के के छन् आरोप ?

मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ होल्ड भएको छ । बुधबार संसदीय सुनुवाइ समितिमा भएको सुनुवाइका क्रममा उनीमाथि स्वार्थको द्वन्द्व देखिएको आरोपसहितका प्रश्न सांसदहरुले तेर्स्याएका थिए...