नेभिगेशन
समाज

अर्नब चक्रवातको प्रभाव : आज कहाँकहाँ हुनेछ वर्षा र हिमपात?

काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को प्रभाव बिहीबारदेखि नेपालमा पनि पर्ने भएको छ। यसको प्रभावले शुक्रबार देशभर अधिकांश स्थानमा बादल लाग्ने र धेरै ठाउँमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थान तथा बाँकी भूभागका धेरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ।

Extreme Energy

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्न सक्ने पूर्वानुमान छ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको समेत आंशिक प्रभाव छ। 

पछिल्लो २४ घण्टामा कोशीदेखि लुम्बिनीसम्म वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको अद्यावधिक विवरणअनुसार रोशी क्षेत्रमा ३३ मिलिमिटर वर्षा र्भको छ। खोपासीमा २७, खोकनामा २४.२, कुर्लेघाट केन्द्रमा २७ मिलिमिटर वर्षा भएको छ। अहिले बिहानबाट लुम्बिनी पश्चिम पनि पानी पर्न थालेको छ।

वर्षा, हिमपात र हावाहुरीको सम्भावना रहेकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र यात्रा गर्दा मौसमको अवस्था ख्याल गर्न आग्रह गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विचौलियासँग उच्च पदस्थको कनेक्सन : संसद अधिवेशन बोलाउन रास्वपा सांसदको माग

विचौलियासँग उच्च पदस्थको कनेक्सन : संसद अधिवेशन बोलाउन रास्वपा सांसदको माग

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले संसदको अधिवेशन बोलाउन माग गरेका छन् ।
सर्वोच्च अदालतको फूल कोर्ट बैठक बस्दै

सर्वोच्च अदालतको फूल कोर्ट बैठक बस्दै

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतको 'फुल कोर्ट' (पूर्ण बैठक) बोलाएका छन् ।
करियरको एक हजार गोलनजिक रोनाल्डो

करियरको एक हजार गोलनजिक रोनाल्डो

क्रिस्टियानो रोनाल्डोका लागि करियरको एक हजार गोलको आँकडा छुनु अब लगभग निश्चित जस्तै देखिएको छ ।
मिठाई पसललाई उपभोग्य मिति र मूल्य खुलाउन निर्देशन

मिठाई पसललाई उपभोग्य मिति र मूल्य खुलाउन निर्देशन

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले मिठाई बनाउन प्रयोग हुने कच्चा पदार्थ, प्रयोग गरिएको तेल वा घिउ, उपभोग्य मिति र मूल्य स्पष्ट देखिनेगरी पसलमा राख्न काभ्रेपलाञ्चोकका...