नेभिगेशन
समाज

चुनावी प्रतिबद्धता पूरा गर्दै प्रधानमन्त्री बालेन शाह

माङ्सेबुङ–लारुम्बा–चिसापानी खण्डको ठेक्का स्वीकृत गर्ने आशयको सूचना प्रकाशित, तीन वर्षभित्र कालोपत्रे गर्ने लक्ष्य

काठमाडौं । तीन दशकदेखि निर्माणको प्रतीक्षामा रहेको झापाको दमकदेखि इलामको माङ्सेबुङ जोड्ने दमक–चिसापानी सडकको माङ्सेबुङ–लारुम्बा–चिसापानी खण्डको नयाँ ठेक्का प्रक्रिया अघि बढेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लामो समयदेखि अलपत्र रहेको उक्त सडक खण्डको ठेक्का स्वीकृत गर्ने आशयको सूचना पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक डिभिजन दमकले प्रकाशित गरेको छ।

Extreme Energy

डिभिजनका अनुसार नयाँ ठेक्काका लागि प्राप्त बोलपत्रको मूल्याङ्कन सम्पन्न भएको छ। मूल्याङ्कनपछि महालक्ष्मी–जय धनञ्जय जेभी, काठमाडौंको १ अर्ब २२ करोड ७९ लाख ४४ हजार ८७२ रुपैयाँ ६१ पैसाको बोलपत्र प्रारम्भिक रूपमा छनोट भएको छ।

करिब २५.५ किलोमिटर लामो यो सडक खण्ड तीन वर्षभित्र कालोपत्रे गर्ने लक्ष्य राखिएको छ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले लामो समयदेखि अलपत्र सडकको निर्माण प्रक्रिया अघि बढाउनुलाई आफ्नो प्रतिबद्धता कार्यान्वयनतर्फको महत्त्वपूर्ण कदम बताएका छन्।

यो सडक खण्ड कालोपत्रे गर्न यसअघि २०७६ फागुनमा तीन वर्षभित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो। तर, मन्त्रालयले पटक-पटक ताकेता, पत्राचार र सूचना जारी गर्दा पनि निर्माण व्यवसायीले काम अघि नबढाएपछि सरकारले सम्झौता अन्त्य गरेको थियो।

ठेक्का अन्त्यसँगै कार्यसम्पादन जमानत जफत गर्ने, बाँकी काम सम्पन्न गर्न लाग्ने रकम सरकारी बाँकीसरह असुलउपर गर्ने र सम्बन्धित निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने निर्णयसमेत गरिएको थियो।

सरकारको ठेक्का अन्त्य गर्ने निर्णयविरुद्ध निर्माण व्यवसायी अदालत पुगेपछि कानुनी प्रक्रियाका कारण नयाँ ठेक्का अघि बढाउन ढिलाइ भएको थियो। कानुनी प्रक्रिया र विभिन्न विवादको निरूपण, स्रोत सहमति, लागत अनुमान तथा डिजाइन अद्यावधिक गर्ने काम पूरा भएपछि पुनः ठेक्का आह्वान गरिएको मन्त्री लम्सालले बताएका छन्।

दमक–चिसापानी सडकको कालोपत्रे प्रधानमन्त्री बालेन शाहको झापा निर्वाचन क्षेत्र नम्बर ५ को चुनावी प्रतिबद्धतामा समेत समेटिएको थियो। स्थानीयवासीका लागि वर्षौंदेखि सास्तीको विषय बनेको यो सडक राजनीतिक दलका चुनावी एजेन्डामा पनि पटक-पटक पर्दै आएको छ।

नयाँ ठेक्काको आशयपत्र प्रकाशित भएसँगै अब ठेक्का स्वीकृति र सम्झौतासम्बन्धी प्रक्रिया पूरा गरेर निर्माण अघि बढ्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विचौलियासँग उच्च पदस्थको कनेक्सन : संसद अधिवेशन बोलाउन रास्वपा सांसदको माग

विचौलियासँग उच्च पदस्थको कनेक्सन : संसद अधिवेशन बोलाउन रास्वपा सांसदको माग

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले संसदको अधिवेशन बोलाउन माग गरेका छन् ।
सर्वोच्च अदालतको फूल कोर्ट बैठक बस्दै

सर्वोच्च अदालतको फूल कोर्ट बैठक बस्दै

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतको 'फुल कोर्ट' (पूर्ण बैठक) बोलाएका छन् ।
करियरको एक हजार गोलनजिक रोनाल्डो

करियरको एक हजार गोलनजिक रोनाल्डो

क्रिस्टियानो रोनाल्डोका लागि करियरको एक हजार गोलको आँकडा छुनु अब लगभग निश्चित जस्तै देखिएको छ ।
मिठाई पसललाई उपभोग्य मिति र मूल्य खुलाउन निर्देशन

मिठाई पसललाई उपभोग्य मिति र मूल्य खुलाउन निर्देशन

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले मिठाई बनाउन प्रयोग हुने कच्चा पदार्थ, प्रयोग गरिएको तेल वा घिउ, उपभोग्य मिति र मूल्य स्पष्ट देखिनेगरी पसलमा राख्न काभ्रेपलाञ्चोकका...