नेभिगेशन
सबै कुरा

एन्टिबायोटिक औषधिको लेवलमा रातो धर्का राख्न निर्देशन

१७ भदौ, काठमाडौं - औषधि व्यवस्था विभागले प्रतिजैविक ( एन्टिबायोटिक) औषधिको लेवलमा रातो धर्का राख्न निर्देशन दिएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले प्रतिजैविक औषधि उपभोक्ताले चिकित्सकको परामर्शबिना नखाउन भन्नका लागि रातो धर्का राख्न निर्देशन दिइएको बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘उपभोक्तले रातो धर्का भएको औषधि चिकित्सकको पर्चा (प्रिस्क्रिशन)को आधारमा खानुपर्दछ, जथाभावी नखाउन भनेर प्रतिजैविक औषधिमा रातो धर्काको अभियान सञ्चालन गरेका छौँ’, उनले भने, ‘औषधिको लेवलमा रातो धर्का भएमा उपभोक्ताले जथाभावी रुपमा नखानु भनेर सचेत गराइने छ ।’ उनले रातो धर्का भएको औषधि प्रतिजैविक औषधि हो भनेर उपभोक्तालाई चिनाउन पनि अभियान सञ्चालन गरिएको बताए ।

Ncell
Extreme Energy

विभागले बजारिकृत हुने समूह ‘ख’ प्रतिजैविक वर्गको औषधिको पहिलो र दोस्रो ‘प्याकिङ्ग’ सामग्रीको मौज्दात सकिएपछि वा निर्णय भएको मितिले बढीमा छ महिनापछि उत्पादन हुने औषधिमा अनिवार्य रुपमा लेवलमा रातो धर्का राख्न उत्पादक तथा आयातकर्तालाई निर्देशन दिएको छ । 

प्रतिजैविक औषधिको प्रयोगबारे प्रयोगकर्तालगायत गैर स्वास्थ्यकर्मीले सजिलै पहिचान गर्न रातो धर्का कोर्ने प्रावधान लागू गरेको जनाइएको छ । प्रतिजैविक औषधिको अधिक प्रयोग, न्यून प्रयोग तथा अनावश्यक प्रयोगले गर्दा उत्पन्न हुने प्रतिजैविक प्रतिरोधलाई न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय प्रचलनअनुसार प्रतिजैविक औषधिको पहिलो र दोस्रो प्याकिङ्गको लेवलमा रातो धर्का लगाउने अभ्यास रहँदै आएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा  ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालनमा

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा  ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालनमा

जडान भएर पनि लामो समयदेखि सञ्चालनमा नआएको सो अक्सिजन प्लान्ट शुक्रबारदेखि सञ्चालनमा ल्याइएको अस्पतालका कार्यकारी निर्देशक डा निरज भट्टराईले जानकारी दिए ।
प्रधानमन्त्री बालेन शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

प्रधानमन्त्री बालेन शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा उनले प्रमुख सरकारी अस्पतालमा बर्न वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढाउन निर्देशन दिएका हुन् ।
कर्मचारीले अब सिंहदरबार परिसरमै स्वास्थ्य सेवा पाउने

कर्मचारीले अब सिंहदरबार परिसरमै स्वास्थ्य सेवा पाउने

निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा इकाई संचालनमा ल्याइएको हो ।
बर्डफ्लु सङ्क्रमणका कारण काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

बर्डफ्लु सङ्क्रमणका कारण काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

कार्यालयले सङक्रमण नियन्त्रणका लागि परीक्षण, व्यवस्थापन तथा ओसारपसार नियन्त्रणका कामलाई तीव्र बनाइएको वरिष्ठ पशु चिकित्सक ठाकुरले बताए। विशेषगरी प्रयोगशाला परीक्षणको नतिजा ढिलो प्राप्त हुँदा प्रदेश तथा स्थानीय तहले...