नेभिगेशन
समाज

नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति हासिल गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन महाशाखा अन्तर्गतका कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु. ५ अर्ब २० करोड ९० लाख बजेट विनियोजन भएको छ । पहिलो त्रैमासिक अवधिमा रु. ६२ करोड ७४ लाख बजेटमध्ये रु. १४ करोड ७० लाख खर्च भएको छ, जुन त्रैमासिक बजेटको २३.४ प्रतिशत हो । सोही अवधिमा त्रैमासिक लक्ष्यको तुलनामा ३४.९ प्रतिशत भारित भौतिक प्रगति भएको छ । पहिलो त्रैमासमा २.९ किलोमिटर तटबन्ध निर्माण र १ हेक्टर जग्गा उकास भएको महाशाखाका प्रमुख रवीन्द्रबहादुर थापाले बताए । 

Marvel
Extreme Energy

उनकाअनुसार केही आयोजनाले भने त्रैमासिक लक्ष्यभन्दा उल्लेखनीय राम्रो काम गरेका छन् । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, भरतपुर (चितवन) ले त्रैमासिक भौतिक लक्ष्यको १६०.८ प्रतिशत प्रगति हासिल गरेको छ । टार–बजार संरक्षण कार्यक्रमले लक्ष्यको १०८ प्रतिशत प्रगति गरेको छ । लमही (दाङ) ले ८६.५ प्रतिशत, कञ्चनपुरले ८२.५ प्रतिशत र जनकपुर (धनुषा) ले ८२.३ प्रतिशत भौतिक प्रगति हासिल गरेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
इरानमा अमेरिकाले फेरि गर्‍यो आक्रमण

इरानमा अमेरिकाले फेरि गर्‍यो आक्रमण

इरानसँग आठ महिनादेखि जारी द्वन्द्व अन्त्य गर्न वार्तामा प्रगति भइरहेको सङ्केत अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दिइरहेका बेला अमेरिकाले सोमबार इरानको केशम टापुमा आक्रमण गरेको वाल स्ट्रिट जर्नलले जनाएको...
ट्रम्पको लोकप्रियतामाथि जनमतसङ्ग्रह बन्दै अमेरिकी मध्यावधि चुनाव, दुवै सदनमा बहुमत गुमाउने जोखिममा रिपब्लिकन

ट्रम्पको लोकप्रियतामाथि जनमतसङ्ग्रह बन्दै अमेरिकी मध्यावधि चुनाव, दुवै सदनमा बहुमत गुमाउने जोखिममा रिपब्लिकन

अमेरिका विश्व अर्थतन्त्र, अन्तर्राष्ट्रिय व्यापार, सुरक्षा र जलवायु परिवर्तनसम्बन्धी नीतिमा प्रभावशाली शक्ति हो। त्यसैले अमेरिकी संसद्को राजनीतिक समीकरण परिवर्तन हुँदा त्यसको प्रभाव नेपालजस्ता देशमा पनि पर्न सक्छ। विशेषगरी...
आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

सरकारले आज र भोलि दुई दिन बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गरिरहेको छ ।
पृथ्वी राजमार्ग : मलेखु–मुग्लिङ सडकखण्ड आज पनि बन्द

पृथ्वी राजमार्ग : मलेखु–मुग्लिङ सडकखण्ड आज पनि बन्द

पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज पनि बन्द गरिने भएको छ ।