नेभिगेशन
समाज

१८ करोडको डिलबारे छानविन गर्न कांग्रेसको माग

काठमाडौँ । नेपाली काङ्ग्रेसको आधिकारिकताका लागि १८ करोडको डिल भएको बारेमा तत्काल छानविन गर्न र भ्रमको खेती नगर्न कांग्रेका नेताहरुले सरकारसँग माग गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काङ्ग्रेसका पूर्वमहामन्त्री गुरुराज घिमिरेले लोकतन्त्रमा प्रश्न उठाउन पाउने अधिकार सुरक्षित भएपनि आधारहित भ्रम फैलाउन भने नपाइने स्पष्ट पारेका छन् । 

Marvel
Extreme Energy

'कुनै तथ्य वा प्रमाणबिना फैलाइएका हल्लाका पछाडि दौडिनु हुँदैन, वास्तविकता बुझेर मात्र धारणा बनाउनुपर्छ,' घिमिरेले भने, 'यदि कसैलाई यसमा आशंका छ भने राज्यका संयन्त्रमार्फत निष्पक्ष छानबिन गरे हुन्छ, यसका लागि काङ्ग्रेसले आफैँ छानबिनको माग गरिरहेको छ ।'

न्यायाधीशसँग ‘१८ करोडको डिल’ गरेको भनी लगाइएको आरोप पूर्णतः आधारहीन, भ्रामक र राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको घिमिरेको दावी छ । पार्टीको साख र नेतृत्वको छवि धमिल्याउने उद्देश्यले फैलाइएका यस्ता निराधार हल्लाको पछाडि नलाग्न उनले आमजनता तथा पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।

सभापति थापाको राजनीतिक प्रभाव र जनताको समर्थन बढ्दै गएको देखेर सरकार र सत्तारुढ दल तर्सिएको घिमिरेले दावी गरे । 

सभापति गगन थापाले संसद् र सार्वजनिक मञ्चबाट सरकारका असफलता, सुशासनका कमजोरी र डेलिभरीको अभावबारे आक्रामक प्रश्न उठाएको भोलिपल्टै नियोजित रूपमा यस्तो आरोप सिर्जना गरिएको घिमिरेको भनाइ छ । 

सरकारले आफ्ना प्राथमिक दायित्वहरू बिर्सेर अनावश्यक विवाद र भ्रमको खेतीमा समय खेर फालिरहेको टिप्पणी गर्दै उनले भने, 'काम गर्न छाडेर, प्राथमिकता भुलेर सरकार अनावश्यक कुरामा अल्झिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
इरानमा अमेरिकाले फेरि गर्‍यो आक्रमण

इरानमा अमेरिकाले फेरि गर्‍यो आक्रमण

इरानसँग आठ महिनादेखि जारी द्वन्द्व अन्त्य गर्न वार्तामा प्रगति भइरहेको सङ्केत अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दिइरहेका बेला अमेरिकाले सोमबार इरानको केशम टापुमा आक्रमण गरेको वाल स्ट्रिट जर्नलले जनाएको...
ट्रम्पको लोकप्रियतामाथि जनमतसङ्ग्रह बन्दै अमेरिकी मध्यावधि चुनाव, दुवै सदनमा बहुमत गुमाउने जोखिममा रिपब्लिकन

ट्रम्पको लोकप्रियतामाथि जनमतसङ्ग्रह बन्दै अमेरिकी मध्यावधि चुनाव, दुवै सदनमा बहुमत गुमाउने जोखिममा रिपब्लिकन

अमेरिका विश्व अर्थतन्त्र, अन्तर्राष्ट्रिय व्यापार, सुरक्षा र जलवायु परिवर्तनसम्बन्धी नीतिमा प्रभावशाली शक्ति हो। त्यसैले अमेरिकी संसद्को राजनीतिक समीकरण परिवर्तन हुँदा त्यसको प्रभाव नेपालजस्ता देशमा पनि पर्न सक्छ। विशेषगरी...
आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

सरकारले आज र भोलि दुई दिन बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गरिरहेको छ ।
पृथ्वी राजमार्ग : मलेखु–मुग्लिङ सडकखण्ड आज पनि बन्द

पृथ्वी राजमार्ग : मलेखु–मुग्लिङ सडकखण्ड आज पनि बन्द

पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज पनि बन्द गरिने भएको छ ।